Epost Nepal

कानुनका नजरमा सबै समान छन् भन्ने कुरा स्पाथित गर्छौं: प्रधानमन्त्री केपी शर्मा ओली

२२ साउन, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार कसुर गर्नेहरूलाई मुख हेरेर क्षमा नगरिने बताएका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारमा संलग्नहरूलाई कुनै पनि बहानामा छुट नहुने र कानुनी कारबाही गरिने बताएका हुन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘कसैले कसुर गरेमा मुख हेरेर, अनुहार हेरेर क्षमा गर्दैन ।’

प्रधानमन्त्री ओलीले सरकारले प्रतिशोधका लागि कुनै पनि कार्य नगर्ने तर भ्रष्टाचारमा संलग्नहरूलाई कानुनी कारबाही भने गरिने स्पष्ट पारेका थिए ।

‘अहिलेको सरकार प्रतशोधका लागि होइन । अर्थतन्त्र, समाजमा परिवर्तन र विकासमा गति ल्याउनका लागि हो,’ उनले भने, ‘कसैले भ्रष्टाचार, बदमासी गरे भने अनुहार पनि हेर्दैन, उम्किन पनि पाउँदैन, देर सबेर कानुनको कठघरामा उभ्याउँछौं र कानुनका नजरमा सबै समान छन् भन्ने कुरा स्पाथित गर्छौं ।’

प्रधानमन्त्री ओलीले भ्रष्टाचार अनियमिताका विषयमा अनर्गत प्रचार नगर्न पनि आग्रह गरेका छन् । उनले झुटा कुरा उछाल्ने र कसैलाई दुःख दिन नहुने बताए । उनले सरकारको पनि त्यस्तो मनसाय नरहेको स्पष्ट पारे ।

राजनीतिक अधिकार स्वतन्त्रताको अधिकार दिएर मात्र जनतामा सुख र समृद्धि नहुने प्रधानमन्त्रीले बताए । उनले सरकारले मूल्य मान्यता अपनाउनुपर्ने बताए । राजनीतिक अधिकार, स्वतन्त्रताका हकहरूको मात्रै होइन अर्थतन्त्र, सामाजिक प्रबन्ध र अन्य क्षेत्रमा आर्थिक अनुशासनका क्षेत्रहरूमा लोकतन्त्र र राजनीतिक परिवर्तन प्रतिबिम्बित हुनुपर्ने उनको भनाइ छ । राजनीतिक परपवर्तनसँगै शासकीय प्रक्रियामा सुधार आउनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search