Epost Nepal

पुष्पकमल दाहाल नेतृत्वको सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानबाट तर्सिएकाहरूले राजनीतिक समीकरण परिवर्तन गरे: माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन

१९ साउन, काठमाडौं – माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासन कायम गर्न चालेको भ्रष्टाचारविरोधी अभियानबाट तर्सिएकाहरूले राजनीतिक समीकरण परिवर्तन गरेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा पुनले नेपालमा बिचौलियाहरूले प्रधानमन्त्री र मन्त्रीहरूको नियुक्ति तथा सचिव सरुवा गर्ने हैसियत बनाएको भन्दै उनले यो अवस्था अब लामो समयसम्म रहन दिन नहुने बताए ।

‘अध्यक्ष प्रचण्डले डेढ वर्ष सरकारमा रहँदा भ्रष्टाचार, अनियमिताता र बिचौलिया प्रवृत्तिविरुद्ध संघर्ष गर्नुभयो । बाहिर आउँदा पनि माओवादीले सरकार चलाउँदा गलत काम गरेन भनेर मानिसहरूले भनिरहेका छन्,’ पुनले भने, ‘आफ्नो स्वार्थमा काम नगरेका कारण बिचौलिया र दलाल पुँजीपति वर्गले हामीलाई मन पराएन । थप एक दिन सरकारमा बस्न दिँदा पनि आफ्नो बर्बाद हुने भयो भनेर कांग्रेस र एमालेलाई मिलाउने काम उनीहरूले गरे ।’

सरकार कसले र केका लागि बनाएको थियो भन्ने विषयको पुष्टि ट्रंक लाइन र डेडिकेटेड लाइनको विद्युत महसुल सरकारलाई नतिर्ने व्यवसायीहरूलाई सरकारले संरक्षण गरिरहेबाटै भएको पुनको भनाइ थियो । लाल आयोगले न्यायोचित ढंगले ८ अर्ब तिर्नुपर्छ भनेकामा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले नै तिर्न नपर्ने भन्दै हिँडेको पुनको दाबी थियो । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विद्युत महसुल नतिर्ने उद्योगीलाई बोलाएर छलफल गर्नु गम्भीर विषय भएको पनि पुनको भनाइ थियो ।

‘जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर उद्योग चलाउनेहरूले विद्युत महसुल तिर्दिनँ भनेर चुनौती दिइरहेका छन् । ठूला दल, प्रधानमन्त्री र मन्त्रीहरू तिर्नुपर्दैन भन्दै हिँडेका छन् । यसैले पुष्टि हुन्छ कि यो कसले, कुन स्वार्थले बनाएको गठबन्धन रहेछ र सरकार कसको रहेछ ?,’ पुनले भने, ‘संसद्को लेखा समितिले उनीहरूलाई ल्याएर बैठक बसाइएको छ, यो गम्भीर कुरा हो ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search