Epost Nepal

गृहमन्त्रीलाई ज्ञानेन्द्र बहादुर शाहीले भने : तपाईको अभिन्न मित्र जीबी राई पक्राउ नगरेर तपाईको बिदाइ हुने भयो !

२८ असार, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र बहादुर शाहीले भ्रष्टाचारका फाइल खोलेर सरकार ढल्यो भनेर गलत भाष्य सृजना नगर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा बोल्दै शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई इंगित गर्दै सरकार ढल्नुको गलत भाष्य बनाउने प्रयास नगर्न आग्रह गरेका हुन्।

गृहमन्त्री लामिछानेले सुशासन भन्ने गरेको तर काम भने नगरेको शाहीले बताए । ‘अर्कालाई आरोप लगाउँदै गर्दा आफूले ऐना हेर्ने कि !,’ उनले भने, ‘गृहमन्त्रीले सुशासन भन्नुभयो । म त यस्तो मान्छे हुँ, तपाईंको सरकारको प्रतिपक्षमा हुँदा पनि गृहमन्त्रीले काम गर्नुभयो भने साथ दिन्छु भनेको हो । राप्रपाको प्रवक्ता र संसदीय दलको प्रमुख सचेतक पनि हुँ । प्रदेशमा पनि भन्ने हो भने रास्वपाभन्दा ठूलै पार्टी राप्रपा छ । यत्रो सुशासनको भाषण गर्नुभयो तपाईको अभिन्न मित्र जीबी राई पक्राउ नगरेर बिदाइ हुने भयो । पक्राउ गरिदिनुस्, अझै समय छ ।’

लामिछानेको भाषण सुनेपछि अझै जीबी राई पक्राउ पर्ने आशा राखेको शाहीको भनाइ थियो । लामिछानेले संसद्को रोष्ट्रम झुटो बोल्नका लागि प्रयोग गरेको पनि शाहीले बताए ।

‘संसद्को रोष्ट्रम झुटका लागि प्रयोग नगरौं । सत्य बोल्नुस्, काम गर्न सकेनौं, समय भएन, फेरि पक्राउ गरौंला भन्नुस्,’ शाहीले भने, ‘बेचन झा, बेचन झा के ब्रान्डिङ गरेको ? पूर्वउपप्रधानमन्त्री भन्दा ठूला मान्छे हुन् ? संसद्को सदस्य हो टोपबहादुर रायमाझी । उहाँलाई पक्राउ गर्दा सरकार नढल्ने, बेचन पक्राउ गर्दा सरकार ढल्ने हुन्छ ? गलत भाष्य निर्माण नगरौं ।’

ठूला दलहरूबीच समीकरण र शर्त नमिल्दा सरकार ढलेको कुरा भन्न शाहीले लामिछानेलाई आग्रह गरे । ‘फाइल खोलेर एकजना मान्छे जेल हाल्या छैन । न निर्मलाका हत्यारा पत्ता लागेको छ, न जीबी राई पक्राउ गरेको छ, न सहकारी ठगीका दोषी जेल गएका छन्, न भुटानी शरणार्थी प्रकरणका दोषी जेल गएका छन्,’ उनले भने, ‘ठूला नेता मिले, कुर्सीको लडाइ मिलेन भनौं, फाइल खोल्दा सरकार ढल्यो नभनौं ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search