Epost Nepal

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित

२५ असार, काठमाडौं – काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतले पारित भएको छ ।

मंगलबार बसेको १५ औं अधिवेशनको पाँचौं बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

काठमाडौं महानगरले १० असारमा आगामी आवका लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको थियो ।

महानगर उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा महानगरको सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख जम्मा हुने र जग्गा एकीकरणबाट १ अर्ब ५० करोड आम्दानी हुने लक्ष्य राखेको छ ।

महानगरले आगामी आवको स्रोतका लागि स्थानीय सञ्चित कोषमा आर्थिक विकासमा १९ करोड ९ लाख खर्च हुने गरी विनियोजन गरेको छ । यस्तै कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ३ अर्ब ४९ करोड ४५ लाख विनियोजन भएको छ ।

पूर्वाधार विकासमा १४ अर्ब ८१ करोड, सामाजिक विकासतर्फ ३ अर्ब ८१ करोड, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि १ अर्ब ८९ करोड विनियोजन गरेको छ ।

महानगरले आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख उठाउने लक्ष्य राखेको छ । यस्तै राजस्वका स्रोतहरूमा महानगरले ससर्त अनुदान संघबाट १ अर्ब ४५ करोड र प्रदेश सरकारबाट ४ करोड ४७ लाख स्रोत अनुमान गरेको छ ।

संघीय राजस्व बाँटफाँटबाट १ अर्ब ९९ करोड र प्रदेशको राजस्व बाँटफाँट ५५ करोड राजस्व अनुमान महानगरले गरेको छ । स्थानीय राजस्व बाँटफाँटबाट १० करोड अनुमान गरेको छ । समानीकरण अनुदानतर्फ संघबाट ८० र प्रदेशबाट १० करोड अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search