Epost Nepal

रवि लामिछानेले पार्टीको समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव महामन्त्री डा. मुकुल ढकाललाई पेश गर्न दिएनन्

१९ असार, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापति र महामन्त्रीबीच विवाद बढ्दै गएको छ ।

बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले पार्टीको समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव महामन्त्री डा. मुकुल ढकाललाई पेश गर्न नदिएको भनाई छ ।

रास्वपाका महामन्त्री ढकालका अनुसार समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न मंगलबारको सचिवालयको बैठकमा अनुमति दिएको थियो। तर महामन्त्री ढकालले लिखित प्रस्ताव तयार पारे पनि पेश गर्ने अनुमति सभापति लामिछानेले नदिएको जानकारी दिएका छन् ।

उनले प्रतिवेदनको आधारमा तयार पारिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनुपर्ने उल्लेख भएको जानकारी दिए ।

‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति सभापतिले दिनु भएन।’ढकालले भने,‘प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ।’

समीक्षा प्रतिवेदनको आधारमा तयार पारेको ढकालको प्रस्ताव

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search