१४ असार, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ ।
महामन्त्री ढकालले पार्टीको अनुशासनविपरीत समीक्षा यात्राको प्रतिवेदनका विषय सार्वजनिक गरेको भन्दै आयोगले शुक्रबार पत्र पठाएर स्पष्टीकरण सोधेको एक नेताले जानकारी दिए ।
महामन्त्री ढकालले ३८ जिल्ला घुमेर तयार पारेको ३२ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेका कारण रास्वपाभित्र खैलाबैला मच्चिएको छ ।
इलाम—२ को प्रतिनिधि सभा उपचुनावमा पार्टीले हार व्यहोरेपछि महामन्त्री ढकाल देश दौडाहामा निस्किएका थिए।
उनले ३८ जिल्लाका २ हजार ७९ जना नेता—कार्यकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गरेर प्रतिवेदन तयार पारेका थिए ।
सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाउनुअगावै सञ्चारमाध्यममा पार्टी संकटमा रहेको र चुनावमा राष्ट्रिय पार्टी बन्न गाह्रो पर्ने बताएको भन्दै स्पष्टीकरण सोधिएको हो । उनले प्रतिवेदन बुझाउनुअगाडि नै सत्य कुरा बताएवापत् महामन्त्रीबाट हटाइन सकिनेसमेत बताएका थिए ।



