Epost Nepal

५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुको समीक्षा गर्नुपर्दछ: सांसद लेखनाथ दाहाल

१४ असार, काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एसइई परीक्षामा ५२ प्रतिशत विद्यार्थी अनुत्तीर्ण हुनुको समीक्षा गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दाहालले कहाँनेरको समस्याको कारण ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भए भन्ने विषयको खोजी हुनुपर्ने बताएका हुन् ।

‘समस्या कस्तो हो? अध्ययनको हो वा अध्यापनको? अथवा राज्यको? गम्भीरतापूर्वक समीक्षा गर्नैपर्छ। वर्षौंदेखि यो प्रक्रिया निरन्तर जारी छ। परीक्षा प्रणालीमा समस्या छ कि नतिजा प्रणालीमा समस्या छ ?  अथवा अहिले देखिएको शैक्षिक मोडालिटीमा समस्या छ भन्ने विषयमा हामीले समीक्षा त गर्नैपर्छ,’ उनले भने ।

सांसद दाहालले विद्यालयमा विद्यार्थी हुने तर शिक्षक दरबन्दी नै नहुने विषय सबैलाई थाहा भएको बताए। दरबन्दी भएका विद्यालयमा विद्यार्थी नहुने र विद्यार्थी र शिक्षक दुवै भएको ठाउँमा विद्यालय भवन नै नहुने उनले  बताए ।

‘जुन विद्यालयमा सुविधासम्पन्न भवनहरू छन् तर त्यहाँ विद्यार्थी र शिक्षक छैन,’ उनले भने ।

उनले अंग्रेजी, गणीत र विज्ञानमा सबैभन्दा बढी अनुत्तीर्ण भएको देखिएकाले अध्यापन प्रणालीमा वा शैक्षिक गुणस्तरमा समस्या  हुनसक्ने बताए ।

‘दीर्घकालीन समाधान भनेको विद्यालय संघीय शिक्षा ऐन नै हो। समितिमा गएर थन्किएको महिनौं भएको छ। परिमार्जन सहित सदनमा ल्याएर शीघ्र पास गर्ने र यसको व्यवहारिक कार्यान्वयनको निम्ति ध्यानाकर्षण गर्छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search