Epost Nepal

कांग्रेसलाई सरकारमा जान हतार नभएको कांग्रेसका नेता डा. शेखर कोइरालाको दाबी

३० जेठ, काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई सरकारमा जान हतार नभएको दाबी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस अहिले प्रतिपक्षमा रहेकाले प्रतिपक्षको भुमिकालाई बलियो बनाएर जाने बताए ।

नेता कोइरालाले अहिले कांग्रेस सरकारमा आउन लबिङ नगर्ने, तर परिस्थितिले कांग्रेसले नै सरकार चलाउनुपर्ने अवस्था भए स्वभाविकरुपमा लिने बताए ।

उनले भने, ‘अहिले देशको राजनीति अत्यन्तै तरल अवस्थाबाट गइरहेको छ । बैंकको तरलता जस्तो होइन, देशकै अवस्था तरलता छ । अहिले आठ वटा सरकार छन् । त्यसमा पनि पछिल्लो डेढ वर्षमा २३ पटक परिवर्तन भएछ । हामीले कस्तो संविधान बनाएछौँ, हामीहरुको कमी, कमजोरी हो की होइन ? राजनीतिक दलहरुले यो कुरालाई अत्यन्त गम्भीर रुपमा लिएर जानुपर्छ । यो अत्यन्त गम्भीर विषय हो ।’

उनले राजनीतिक स्थिरता वा सरकारको स्थिरता बिना जतिसुकै कुरा गरेर पनि आर्थिक स्थिरता र विकास सम्भव नभएको बताए । ‘राजनीतिक स्थिरता र सरकारको स्थिरता बिना सुशासन पनि हुन सक्दैन । यो यसरी एक दोस्रोसँग गाँसिएको छ, कि जबसम्म हामीले राजनीतिक र सरकारको स्थिरताका विषयलाई टुंगो लगाउन सक्दैनौँ, देश यस्तै गरी अस्थिरताबाट गुज्रिरहन्छ,’ उनले भने, ‘अहिले कांग्रेस विपक्षमा छ । हामी विपक्षमा छौँ । हामीले विपक्षको भुमिका खेल्ने हो, सरकारमा जाने हामीलाई कुनै हतारो छैन । आउने भए त्यसै आउँछ, होइन भने कोशिस गरेर मरिहत्ते गरेर सरकारमा जानैपर्छ भन्ने सोच कांग्रेसलाई छैन ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search