Epost Nepal

गृहमन्त्रीजी गिरिबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ?: विश्वप्रकाश शर्मा

२४ जेठ, काठमाडौं – कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेले कांग्रेस लक्षित गरी गरेका टिप्पणी र सभामुख देवराज घिमिरे विश्वासको मत लिने बेला खेलेको भूमिकाबारे प्रश्न उठाएका छन्  ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री शर्माले एमाले अध्यक्ष ओलीले दिएको गिरीबन्धु जग्गामा कांग्रेसले कमिसन खाएको  र अलोकतान्त्रिक दल भनेको विषयमा शर्माले जवाफ दिए ।

ओलीले कांग्रेसले गिरीबन्धुको ७० बिघा जग्गामा कमिसन खाएको अभिव्यक्ति दिएका थिए । त्यसबारे शर्माले  भने,’यस अवधिमा गिरीबन्धु प्रकरणमा पूर्णपाठ सार्वजनिक भयो । कांग्रेसले केही  कुनै टिप्पणी गरेका थिएनौं । हामी कसैले भनेका थिएनौं- पूर्व प्रधानमन्त्रीज्यू तपाईंले गरेको कामलाई  अदालतले त नीतिगत भ्रष्टाचारमा राख्यो नि !  हामी बोलेका थिएनम । तर उहाँले  फायर खोल्दै  भन्नुभयो  कांग्रेसले गिरीबन्धुको ७० विगा जमिन बेचेर कमिसन खायो । रौद्र रुपमा धारणम् गरेर उहाँले फायर खोलेपछि मौन बस्न सकिएन । प्रतिवाद गरियो ।’

शर्माले अझ अघि बढ्दै केही दिन अघि एमालेका सचिव योगेश भट्टराईले जग्गा सट्टापट्टा गर्नेबारे प्रतिनिधिसभामै ऐन संशोधन हुँदा कांग्रेसले किन संशोधन हालेन भन्दै दिएको अभिव्यक्तिको प्रसंग उठाए ।  भट्टराईले दिएको उक्त अभिव्यक्ति झुट भएको शर्माले उल्लेख गरे  । कांग्रेसका सांसद अधिकारीले सट्टापट्टाको प्रावधान हटाउन संशोधन राष्ट्रिय सभामा र प्रतिनिधिसभामा डिला संग्रौला, दिव्यमणि राजभण्डारी लगायतका संशोधन हालेको स्मरण गराए ।

‘म यहाँनिर गृहमन्त्रीजीलाई खोज्न चाहन्छु । सत्ता गठबन्धन दलको सबैभन्दा ठुलो अध्यक्षले कांग्रेसले बेचेर ७० बिगाहाको कमिशन खायो भनेर जे आरोप लगाउनुभएको छ । त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाई गिरिबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ ? म जान्दछु खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न’  महामन्त्री शर्माले चुनौती दिँदै भने ।

महामन्त्री शर्माले कांग्रेस अलोकतान्त्रिक दल भन्दै दिएको अभिव्यक्तिको पनि प्रतिवाद गर्दै चुनावी प्रतिस्पर्धाको उदारहण दिए । कांग्रेसमा देउवासँग प्रतिस्पर्धा गरेका रामचन्द्र पौडेल अहिले राष्ट्रपति रहेको, कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा संसदीय दलको नेता रहेको र शेखर कोइराला प्रतिनिधि सभामा देउवा सँगै रहेको उदाहरण दिँदै उनले भने- आज तपाईंसगै चुनावी प्रतिस्पर्धा गरेका भिम रावल कहाँ छन् ? अनि को लोकतान्त्रिक को अलोकतान्त्रिक ?’

उनले गृहमन्त्री लामिछानेले रोस्टमबाट बोलेका अभिव्यक्तिबारे पनि प्रश्न गरे । लामिछानेले कांग्रेस सांसदप्रति लक्षित गर्दै देशको सूचना बेच्नेहरू सदनमै रहेको अभिव्यक्ति दिएका थिए । पदमा रहेपछि पदीय गरिमाभन्दा बाहिर जिम्मेवारी ख्याल नगरी बोलेकोमा उनको आपत्ति थियो । ‘गृहमन्त्रीले एक्सन रियाक्सन गर्ने होइन । गृहमन्त्रीले बोलेको कुराको प्रधानमन्त्रीले जिम्मा लिने जिम्मा नलिए सभामुखले रेकर्डबाट हटाउनुपर्छ ‘ शर्माले भने ।

अर्को टिप्पणी उनले सभामुख घिमिरेलाई पनि गरे । प्रधानमन्त्रीले विश्वासको मत लिने समय बाँकी छँदै कांग्रेसको विरोधकाबीच विश्वासको मतको कार्यसूची अघि बढाएकाले राम्रो नभएको उल्लेख गरे । ‘प्रधानमन्त्रीलाई विश्वासको मत लिने सयम उपलब्ध गराउने जिम्मा मेरो भयो भनेर सभामुखले भन्न सक्नुपर्‍थ्यो । विश्वासको मत लिने समय  २२ दिन बाँकी थियो । आदरणीय प्रदीप गिरीको भाषामा भन्नुपर्दा त्यो संख्यातन्त्रको जीत थियो । लोकतन्त्रको जीत थिएन ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search