Epost Nepal

सहकारीको रकम हिनामिना भएको विषयमा संसदीय छानबिन समितिको कार्यादेशमा सहमति गर्न बिहीबार पनि असफल

१० जेठ, काठमाडौं – सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल सहकारीको रकम हिनामिना भएको विषयमा संसदीय छानबिन समितिको कार्यादेशमा सहमति गर्न बिहीबार पनि असफल भएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी छानबिनका लागि बन्ने संसदीय समितिको ‘टीओआर’मा रवि लामिछानेको नाम अनिवार्य रूपमा राख्नुपर्ने अडान लिएको छ ।

कांग्रेसले गृहमन्त्री भएपछि आफ्नो व्यक्तिगत अनुसन्धान रोकेकाले रवि लामिछानेको नाम तोक्न अनिवार्य भएको बताएको हो ।

संसदीय छानबिन समितिको टीओआर निर्माण कार्यदलमा सदस्य रहेका कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस आफ्नो अडानबाट पछि हट्ने अवस्था नरहेको बताए ।

“विगतका संसदीय छानबिन समितिमा व्यक्तिको नाम नतोकिनुमा त्यसबेला सम्बन्धित मन्त्रालयको जिम्मेवारीमा भएका कामको छानबिन गरिएको थियो । तर, अहिले गृह मन्त्रालय वा त्यसको जिम्मेवारीमा रहँदा गृहमन्त्रीले सहकारीको बचत अपचलन गरेर छानबिन हुन लागेको होइन,” परियारले भने, “हामी समेत संलग्न भएको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो । मातहतका निकायबाट रवि लामिछानेमाथि अनुसन्धान जारी रहँदा उहाँ गृहमन्त्री बन्नुभयो र त्यो अनुसन्धानको प्रक्रिया नै रोकियो । त्यसकारण उहाँको नाम तोकेर नै छानबिन आवश्यक परेको हो ।”

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search