Epost Nepal

कैलाश सिरोहिया पक्राउमा सञ्चारमाध्यमहरुले गरे सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध

९ जेठ, काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले बुधबार सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन् ।

आज प्रकाशन भएका सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन् ।

सिरोहिया पक्राउ पछि मिडिया सञ्चालकहरुको संस्था नेपाल मिडिया सोसाइटी र मिडिया अलाइन्सले सामूहिक बिरोध जनाउने निर्णय गरेको थियो । सोही आधारमा आजका मुख्य दैनिक पत्रिकाहरुले कालो पोतेर विरोध जनाएका हुन् ।

दोहोरो नागरिकता प्रयोग गरेको आरोपमा प्रहरीले सिरोहियालाई मंगलबार पक्राउ गरी जनकपुर लगेको छ । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषयमा कान्तिपुरले निरन्तर समाचार प्रकाशन गरेपछि त्यसकै प्रतिशोधमा सरकारले कान्तिपुरमाथि आक्रमण गरेको मिडिया सञ्चालकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search