२२ पुस, काठमाडौं — काठमाडौंको सिनामंगल–गैरीगाउँस्थित एक काठ गोदाममा मंगलबार अपराह्न भीषण आगलागी भएको छ । आगो निभाउन पठाइएका दुई दमकलमध्ये एउटा मात्र घटनास्थलमा पुगेको छ भने साँघुरो सडकका कारण अर्को दमकल पुग्न सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलका प्रमुख गोपाल घिमिरेका अनुसार हाल धुवाँका कारण उडान सञ्चालनमा कुनै अवरोध आएको छैन । आगलागीको खबर प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन् ।
२२ पुस, काठमाडौं — वीरगन्जमा सोमबार साँझ ६ बजेदेखि लागू गरिएको कर्फ्यु स्थानीय प्रशासनले यथावत् राखेको छ। प्रारम्भमा कर्फ्यु सोमबार साँझदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि लगाइएको थियो भने पछि मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म अवधि थप गरिएको हो। यसअघि सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा लागू गरिए पनि अवस्था नियन्त्रणमा आउन नसकेपछि कर्फ्यु लगाइएको थियो। कर्फ्यु क्षेत्र वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ। धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा शनिबार राति भएको तोडफोडको विरोधमा मुस्लिम समुदायले आइतबार वीरगन्जमा प्रदर्शन गरेका थिए। त्यसको प्रतिक्रियामा हिन्दु समुदायले पनि आइतबार राति…
२२ पुस, काठमाडौं — नेकपा एमालेले राष्ट्रिय सभाका ७ सिटमा आफ्नो दाबी प्रस्तुत गरेको छ । सोमबार सम्पन्न पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव लेखराज भट्टले प्रत्येक प्रदेशबाट एक–एक जना पर्ने गरी ७ सिटमा एमालेको दाबी रहेको जानकारी दिए । तर, क्लस्टरका आधारमा उम्मेदवार तय गर्ने प्रक्रिया भने अझै बाँकी रहेको उनले बताए । उनका अनुसार, उम्मेदवार टुंग्याउने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग थप छलफल गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमाले कांग्रेससँग गठबन्धन गरेर अघि बढ्ने सहमति भएको पनि उनले स्पष्ट पारे । ‘हरेक प्रदेशबाट एक…
२२ पुस, काठमाडौं — सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गरेको छ । २१ फागुनमा तय प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने व्यवस्था मापदण्डमार्फत गरिएको हो । गृह मन्त्रालयका अनुसार निर्वाचन प्रहरीलाई १० दिनको तालिमपछि ३० दिन कार्यस्थलमा खटाइनेछ । स्वीकृत मापदण्डअनुसार नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० जना निर्वाचन प्रहरी परिचालन गरिनेछ । भर्ना हुने म्यादी प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाकलगायतका सेवा–सुविधा…