१८ पुस, काठमाडौं — सर्वोच्च अदालतले पुस मसान्तसम्म अदालतका सेवाग्राहीलाई गुज्रिएको म्याद लिन पाउने सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा विचाराधीन रहेका धेरै मुद्दाका फाइलहरू नष्ट भएपछि कतिपय सेवाग्राहीले म्याद लिइसकेका थिए भने कतिपयको म्याद गुज्रिसकेको अवस्था थियो। म्याद गुजारेका सेवाग्राहीको हकमा अन्योल देखिएपछि सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले यस विषयमा निर्णय गरेको हो। अदालतले आन्तरिक प्रतिवेदनमाथि छलफल गर्दै अदालतबाट सूचना प्रकाशित भएको ६० दिनभित्र म्याद बुझ्न पाउने व्यवस्था मिलाएको छ। आगजनीबाट अधिकांश मुद्दाका मिसिल जलेर नष्ट भएकाले यसअघि सर्वोच्च अदालतले हदम्याद, म्याद र तारिखका लागि मंसिर मसान्तसम्मको समयसीमा तोकेको थियो। त्यतिबेला जलेका कागजात, प्रमाण…
१८ पुस, काठमाडौं — जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको विध्वंसको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रमुख दलका दुई शीर्ष नेताहरूलाई म्याद भित्र पत्र बुझ्न आग्रह गरेको थियो। प्रारम्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले' पत्र बुझ्न अस्वीकार गरेका थिए। आयोगले उनीहरूलाई आफ्नो धारणा राख्न पत्र पठाएको थियो र व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) मार्फत समन्वय गरेर पत्र बुझाउने प्रयास गरिएको थियो। तर देउवाले २४ भदौको आगजनीमा आफू पीडित भएको र घर नष्ट भएकाले अन्यत्र बस्नु परेको, त्यसबेला जेनजी आन्दोलनमा आफू राज्यको भूमिकामा नरहेको भन्दै किन बयान दिनुपर्ने भनी प्रश्न गरेका थिए।…
१८ पुस, काठमाडौं — चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालबाट १ अर्ब १९ करोड ६४ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको छ। भन्सार विभागका अनुसार यस अवधिमा कुल ६ लाख ६ सय ८७ टन सिमेन्ट र क्लिंकर विदेश पठाइएको हो। गत आर्थिक वर्षको समान अवधिमा १ अर्ब ४ करोड रुपैयाँ बराबरको ६ लाख ९९ हजार ५१० टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो। यस वर्षको पाँच महिनामा क्लिकंर निर्यात २९ करोड ९७ लाख रुपैयाँको र सिमेन्ट ८९ करोड ६६ लाख रुपैयाँको भएको विभागले जनाएको छ। सम्पूर्ण गत आर्थिक वर्षमा नेपालले २ अर्ब ९१ करोड रुपैयाँ बराबरको सिमेन्ट…
१८ पुस, काठमाडौं — कञ्चनपुरमा उद्धार ढिलाइ हुँदा नदीमा फसेको बाघको बच्चा (डमरू)को ज्यान गएको छ। दोधारा चाँदनी नगरपालिका–१ स्थित चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिक जोगबुढा नदीमा फसेको अवस्थामा रहेको डमरूको मृत्यु भएको हो। बुधबार बिहान नदीको हिलो र पानीमा फसेको अवस्थामा डमरू भेटिएको थियो। स्थानीयले तत्कालै डिभिजन वन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जानकारी गराए पनि सम्बन्धित निकायबाट उद्धारमा ढिलाइ भएको स्थानीयको गुनासो छ। मृत्यु भएको डमरूको उमेर करिब दुई महिना रहेको जनाइएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सुरेशचन्द्र डिसीले राष्ट्रिय प्रकृति संरक्षण कोष र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको लापरवाहीका कारण डमरूको मृत्यु भएको आरोप लगाए। उनले डमरू…