Epost Nepal

Day: २०८१ आश्विन २३, बुधबार

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

२३ असोज, काठमाडौं - नेपाल राष्ट्र बैंकले दसैंतिहारलाई लक्षित गरी यस वर्ष नयाँ नोट मुद्रण नगर्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब चार अर्बमा सिमित रहेको छ । यो झण्डै २५ अर्बले कम हो । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट करिब दुई अर्ब र अन्य बैंकबाट पनि सोही बराबरीको नोट सटही भएको अनुमान छ । नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छभने सटहीका लागि…
Read More
नागढुंगा–नौबिसे खण्डको विकल्पमा धादिङ र नुवाकोटका विभिन्न सडक प्रयोग

नागढुंगा–नौबिसे खण्डको विकल्पमा धादिङ र नुवाकोटका विभिन्न सडक प्रयोग

२३ असोज, काठमाडौं - त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे खण्डको विकल्पमा काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनले धादिङ र नुवाकोटका विभिन्न सडक प्रयोग गर्न थालेका छन् । खासगरी यही असोज दोस्रो साताको अविरल वर्षापछिको पहिरोबाट उक्त सडक झण्डै तीन दिन अवरुद्ध भएपछि स–साना सवारी साधनले वैकल्पिक मार्गका रूपमा सीतापाइला–धार्के र टोखा–छहरे–गल्छी सडकलाई प्रयोग गर्न थालेका हुन् । हिजोआज अधिकांश साना सवारीसाधन (हाइस, जीप, कार) सीतापाइला–धार्के तथा टोखा–छहरे–गल्छी हुँदै पृथ्वी राजमार्गमा निस्कने गरेका छन् । सीतापाइला–धार्के सडक कुल २४ किलोमिटर लम्बाइको छ । सीतापाइला–रामकोट–भीमढुंगा–महेशफाँट हुँदै धार्केमा पुगिन्छ । नागढुंगा–नौबिसे खण्डको विभिन्न स्थानमा सडक भत्केको तथा काठमाडौंबाट बाहिरिने सवारी साधनको चापका कारण अत्यधिक जाम हुन थालेपछि…
Read More
सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान

सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान

२३ असोज, काठमाडौं - यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट सहरी विकास मन्त्रालय मातहतका क्षतिग्रस्त पूर्वाधार निर्माण गर्न करिब दुई अर्ब ८८ करोड ३४ लाख लागत अनुमान गरिएको छ । सहरी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै विपद्‌बाट भत्किएका संरचना सुधार तथा पुनःनिर्माण गर्न  सो लागत अनुमान गरेको जनाएको छ । मन्त्रालयकी प्रवक्ता विनु बज्राचार्यले सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य चौकी, सडक, सडक बत्ती, उद्यान पार्क, खेलमैदानमा विपद्ले क्षति पुर्‍याएको जानकारी दिए । “स्थानीय पूर्वाधार विभाग अन्तर्गत २७ सडक खण्ड तथा २८ झोलुंगे पुल आंशिक क्षति र ३२ झलुंगे पुल पूर्ण रूपमा क्षति पुगेको…
Read More
यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक

यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक

२३ असोज, काठमाडौं - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । विभागले कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने अनुमान गरेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search