Epost Nepal

Day: २०८१ श्रावण ८, मंगलवार

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा तामाङ नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा तामाङ नियुक्त

८ साउन, काठमाडौं - नेपाली कांग्रेस संसदीय दल नेता बहादुरसिंह लामा तामाङ बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले आजै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा निकट लामाले प्रदेशसभामा निर्वाचित भएको पहिलो पटकमै ०७९ चैत २६ मा सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
Read More
डेडिकेटेड तथा ट्रंक लाइनबापत अतिरिक्त महसुल नतिरेर लाइन काटिएका ६ वटा उद्योगहरुको बिजुली विद्युत् प्राधिकरणले जोडिदिने

डेडिकेटेड तथा ट्रंक लाइनबापत अतिरिक्त महसुल नतिरेर लाइन काटिएका ६ वटा उद्योगहरुको बिजुली विद्युत् प्राधिकरणले जोडिदिने

८ साउन, काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबापत अतिरिक्त महसुल नतिरेर लाइन काटिएका ६ वटा उद्योगहरुको बिजुली जोडिदिने भएको छ । विद्युत् नियमन आयोगको निर्देशनअनुसार लाइन काटिएका ६ वटा उद्योगहरुको विद्युत् मंगलबार साँझबाट क्रमिक रुपमा जडान गर्ने प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेको हो । 'तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुलउपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत् लाइन जोड्ने,' प्राधिकरणको निर्णयमा भनिएको छ, 'लाइन काटिएका ६(छ) वटा उद्योगहरुको विद्युत् मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिनेछ ।' प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यको असहमतिका बाबजुद बहुमतका आधारमा बिजुली जोड्ने निर्णय गरेको…
Read More
संविधान संशोधनका लागि बौद्धिक बहस सुरु हुनुपर्दछ: डा. शेखर कोइराला

संविधान संशोधनका लागि बौद्धिक बहस सुरु हुनुपर्दछ: डा. शेखर कोइराला

८ साउन, काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । नेपाल प्रेय युनियनले बीपी जयन्तीको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले दुई ठूला दल एक ठाउँमा उभिएकाले असफल हुने छुट नरहेको बताए । “यसपटक सरकारलाई कमजोरी गरेर असफल हुने छुट छैन,” डा. कोइरालाले भने, “दुई ठूला दल एक ठाउँ बसेपछि राष्ट्रका आवश्यकता पूरा गर्न र जनताका निराशा चिर्न पनि सफल हुनुपर्छ ।” उनले दुई ठूला दल एक ठाउँ हुँदा निरंकुशता आउँछ कि भन्ने चिन्ता स्वभाविक भएको भन्दै त्यसका लागि आफूहरू सदनमा आवाज उठाउने र नागरिक समाजले पनि खबरदारी जारी राख्नुपर्ने बताए…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search