१२ माघ, काठमाण्डौं - अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपाल आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेको छ । तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । अफगानिस्तानलाई जितेपछि नेपालले दुई अंक आर्जन गर्यो भने अफगानिस्तान अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरियो । टस जितेर अफगानिस्तानले पहिले ब्याटिङ रोजेपछि फिल्डिङमा उत्रिएको नेपालले अफगानिस्तानलाई एक सय ४५ रनमै अलआउट गरेको थियो । नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन…
२५ पौष, काठमाण्डौं - क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले बुधबार लामिछानेको सजाय निर्धारण गरेको हो । इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ । अदालतले परिवर्तित नाम गौशाला २६ (६) (१) ०७९/०८० को उमेर, प्रतिवादी सन्दीप लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ८ वर्ष कैद, दफा २१९ (३) (क) (ग) बमोजिम ३ लाख जरिवाना हुने तथा पीडितलाई…
१४ पौष, काठमाण्डौं - नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ । गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल खायो । खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गरे पनि जितका लागि पर्याप्त भएन । ललितपुरका लागि पहिलो हाफको अन्तिम समयमा इमोह इजेकेल, ५० औं मिनेटमा दिनेश…
१३ पौष, काठमाण्डौं - क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले शुक्रबार लामिछानेलाई दोषी ठहर गरेको हो। उनको सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकिने छ । त्यसक्रममा उनको सजाय निर्णारण सहित पीडितको क्षतिपूर्ति पनि अदालतले तोक्नेछ । घटना भएका बेलामा पीडित गौशाला २६ नाबालिग भने नरहेको फैसला अदालतले गरेको छ ।तर कमजोर नाजुक अवस्थाको फाइदा उठाउँदै लामिछानेले जबर्जस्ती करणी गरको अदालतको ठहर छ । तत्कालिन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध एक किशोरीले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी छन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा…
५ पुस, काठमाण्डौं - साबिक विजेता सुदूरपश्चिम प्रदेश बिहीबार प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ । उपाधि दाबेदार मानिएको नेपाल एपीएफ क्लबले प्रतियोगिताको पहिलो दिन सुदूरपश्चिमलाई ९ विकेटले हरायो । एपीएफले ८८ रनको लक्ष्य मूलपानी क्रिकेट मैदानमा १६.१ ओभरमै पार गरेको थियो । ज्योति पाण्डेले ४९ र इन्दु बर्माले ३१ रनको इनिङ्स खेल्दै एपीएफलाई सजिलो विजय दिलाए । प्लेयर अफ द म्याच ज्योतिले ४८ बल खेल्दै ९ चौका र राष्ट्रिय टोलीकी कप्तान इन्दुले ४४ बल खेल्दै ४ चौका प्रहार गरिन् । कप्तान सीता रानामगर ४ रन बनाई ईश्वरी विष्टको बलमा आउट भइन् । यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २०…
३ पुस, काठमाण्डौं - आइपिएल २०२४ का लागि भएको अक्सनमा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क अहिलेसम्मका सर्वाधिक महँगा खेलाडी बनेका छ्न्। उनको आधार मूल्य २ करोड भारु थियो। सुरुमा उनलाई दिल्ली क्यापिटल्स बोली लगाएको थियो। त्यसपछि मुम्बई इन्डियन्ससँगै कोलकता नाइटराइडर्स पनि अक्सनमा उत्रिएको थियो। अन्तिममा गुजरात र कोलकताबीचको भिडन्तमा स्टार्कलाई कोलकताले भित्र्याउन सफल भयो। उनी २४.७५ करोड भारुमा कोलकतामा भित्रिएका हुन्। यसअघि आजै अस्ट्रेलियालाई एकदिवसीय विश्वकप जिताएका कप्तान प्याट कमिन्लाई सनराइजर्स हैदरावादले २०.५० करोड भारूमा भित्र्याएको थियो। अघिल्लो सिजन साम कुरानलाई पञ्जाव किंग्सले १८.५० करोड भारुमा आबद्ध गरेको थियो।
२ पुस, काठमाण्डौं - नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आईजीयू १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इन्डियाको उपाधि जितेका छन् । रोयल कोलकाता गल्फ क्लबमा म्याच–प्ले फर्म्याटमा खेलिएको ३६–होलको फाइनलमा सुवासले भारतीय खेलाडी रोहितलाई ९/७ ले पराजित गरे । पहिलो नौ होलमा पछि परेको अवस्थालाई उल्ट्याँउदै सुवासले सात होल बाँकी रहँदै उपाधि जितेका हुन् । सुवासको यो ऐतिहासिक सफलता हो । नेपाली गल्फरले भारतमा कुनै पनि प्रतियोगिताको उपाधि जितेको यो पहिलोपटक हो । नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णपदक विजेता हुन्, सुवास । सन् १८९२ मा सुरुआत भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप जित्ने सुवास पहिलो नेपाली…
२ पुस, काठमाण्डौं - फ्रेञ्च लिग वानमा पिएसजीको ८ खेलको जितको यात्रामा पूर्णविराम लागेको छ। यसअघि लगातार ८ खेलमा जित निकालेको पिएसजी नवौं खेलमा लिलसँग १-१ गोलको बराबरीमा रोकियो। लिलका जोनाथन डेभिडले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दा पिएसजी बराबरीमा रोकिन बाध्य भएको हो। त्यसअघि खेलको ६६ मिनेटमा एमबाप्पेको पेनाल्टी गोलबाट पिएसजीले खेलमा अग्रता लिन सफल भएको थियो। लुकास हर्नान्डेजलाई बाफोडे डियाकाइटले फाउल गरेपछि एमबाप्पेले आफ्नो १६औं खेलमा सिजनको १६औं लिग गोल गरे। लिगमा पिएसजी १६ खेलबाट ३७ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको निसभन्दा रियल ५ अंकले अघि छ। १२ सिजनमा १०औं फ्रान्सेली उपाधि जित्ने अभियानमा रहेको पिएसजी लिगमा…
२ पुस, काठमाण्डौं - स्पेनिस ला लिगमा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ। आइतबार भिल्लारियललाई ४-१ गोलले पराजित गर्दै रियल शीर्ष स्थानमा पुगेको हो। रियलका लागि बेलिङघमले २५, रोद्रिगोले ३७, डियाजले ६४ र मोड्रिचले ६८ मिनेटमा गोल गरे। भिल्लारियलका मोरालेसले ५४ मिनेटमा गरेको गोल सान्त्वनामा सीमित बन्यो। लिगमा रियलले १७ खेलबाट ४२ अंक जोडेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको गिरोनाको ४१ अंक छ। बार्सिलोना ३५ अंकसहित तेस्रो स्थानमा छ।
२ पुस, काठमाण्डौं - इंग्लिस प्रिमियर लिगको लिडर आर्सनलले ब्राइटनमाथि २-० गोलको जित हात पारेको छ। आइतबार घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि गाब्रियल जेससले ५३ र हाभार्ट्ले ८७ मिनेटमा गोल गरे। यता दोस्रो स्थानको लिभरपुल र सातौं स्थानको म्यानचेस्टर युनाइटेडबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। तेस्रो स्थानको एस्टन भिल्लाले ब्रेन्टफोर्डमाथि २-१ गोलको जित निकालेको छ भने वेस्ट ह्यामले वुल्भ्सलाई ३-० गोलले पराजित गरेको छ। लिगमा आर्सनल १७ खेलबाट ३९ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको लिभरपुल र तेस्रो स्थानको एस्टन भिल्लाको समान ३८-३८ अंक छ। म्यानचेस्टर सिटी ३४ अंकसहित चौथो, टोटेनहम ३३ अंकसहित पाँचौ, न्युकासल २९ अंकसित छैटौं…