Epost Nepal

Breaking News 3

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १० जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १० जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

९ साउन, हेटौंडा - बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित १० जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेस संसदीय दलका नेता लामासहित मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार बिहान पद तथा गोपनीयताको शपथ गराएका हुन् । यसअघि मंगलबार लामालाई शर्माले नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । योसँगै लामा बागमती प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका छन् । उनी तामाङ समुदायबाट मुख्यमन्त्री हुने पहिलो व्यक्ति पनि बनेका छन् । लामाले मुख्यमन्त्रीको शपथ लिएलगत्तै कांग्रेसका तीनसहित सत्तासाझेदार दल एमालेबाट नियुक्त भएका ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुख्यमन्त्रीसहित १३ जनाको मन्त्रीहरूले शपथ लिने…
Read More
डेडिकेटेड तथा ट्रंक लाइनबापत अतिरिक्त महसुल नतिरेर लाइन काटिएका ६ वटा उद्योगहरुको बिजुली विद्युत् प्राधिकरणले जोडिदिने

डेडिकेटेड तथा ट्रंक लाइनबापत अतिरिक्त महसुल नतिरेर लाइन काटिएका ६ वटा उद्योगहरुको बिजुली विद्युत् प्राधिकरणले जोडिदिने

८ साउन, काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबापत अतिरिक्त महसुल नतिरेर लाइन काटिएका ६ वटा उद्योगहरुको बिजुली जोडिदिने भएको छ । विद्युत् नियमन आयोगको निर्देशनअनुसार लाइन काटिएका ६ वटा उद्योगहरुको विद्युत् मंगलबार साँझबाट क्रमिक रुपमा जडान गर्ने प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेको हो । 'तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुलउपर गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत् लाइन जोड्ने,' प्राधिकरणको निर्णयमा भनिएको छ, 'लाइन काटिएका ६(छ) वटा उद्योगहरुको विद्युत् मंगलबार साँझबाट क्रमिक रुपमा जडान गरिनेछ ।' प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यको असहमतिका बाबजुद बहुमतका आधारमा बिजुली जोड्ने निर्णय गरेको…
Read More
संविधान संशोधनका लागि बौद्धिक बहस सुरु हुनुपर्दछ: डा. शेखर कोइराला

संविधान संशोधनका लागि बौद्धिक बहस सुरु हुनुपर्दछ: डा. शेखर कोइराला

८ साउन, काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । नेपाल प्रेय युनियनले बीपी जयन्तीको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले दुई ठूला दल एक ठाउँमा उभिएकाले असफल हुने छुट नरहेको बताए । “यसपटक सरकारलाई कमजोरी गरेर असफल हुने छुट छैन,” डा. कोइरालाले भने, “दुई ठूला दल एक ठाउँ बसेपछि राष्ट्रका आवश्यकता पूरा गर्न र जनताका निराशा चिर्न पनि सफल हुनुपर्छ ।” उनले दुई ठूला दल एक ठाउँ हुँदा निरंकुशता आउँछ कि भन्ने चिन्ता स्वभाविक भएको भन्दै त्यसका लागि आफूहरू सदनमा आवाज उठाउने र नागरिक समाजले पनि खबरदारी जारी राख्नुपर्ने बताए…
Read More
भ्रष्टाचार न्यूनीकरण र सदाचार पद्दतिको प्रवर्द्धन गर्दै सुशासन कायम गर्नु सरकारले प्राथमिकता: प्रधानमन्त्री केपी शर्मा ओली

भ्रष्टाचार न्यूनीकरण र सदाचार पद्दतिको प्रवर्द्धन गर्दै सुशासन कायम गर्नु सरकारले प्राथमिकता: प्रधानमन्त्री केपी शर्मा ओली

७ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी कारोबार अन्त्य गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद धानराज गुरुङको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले  मिटरब्याज (अनुचित लेनदेन), सहकारी, लघुवित्त क्षेत्र, क्रिप्टो करेन्सीको प्रयोग तथा हुन्डीलगायत माध्यमबाट भएका ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले आर्थिक सुशासन कायम गर्न वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्यांकन प्रणाली अवलम्बन गर्ने, अधिक जोखिम रहेका क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा, विप्रेषण र बैंकिङ क्षेत्रको सघन सुपरीवेक्षण गरी दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य…
Read More
विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरे कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति

विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरे कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति

६ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि १७ गते भएको ७ बुँदे सहमतिपत्र सार्वजनिक गरेका छन् । आइतबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै प्रधानमन्त्री ओलीले ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् । 'हामी विचारमा प्रतिष्पर्धा गर्छौं । तर खास-खास समयमा कांग्रेस-एमालेबीचमा पनि सहकार्य भएको छ । अहिले पनि त्यसकै एउटा निरन्तरता हो,' प्रधानमन्त्री ओलीले भने, 'आमजनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीब्रता दिन र राजनीतिक स्थिरताका लागि हामीहरुबीच सहकार्य गर्ने सहमति भएको छ ।' प्रधानमन्त्री ओलीले सार्वजनिक…
Read More
लोकतन्त्र ल्याउने पार्टीले संविधान कसरी खान्छ ?: प्रधानमन्त्री केपी शर्मा ओली

लोकतन्त्र ल्याउने पार्टीले संविधान कसरी खान्छ ?: प्रधानमन्त्री केपी शर्मा ओली

६ साउन, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनलाई पश्चगमनको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले जसले जीवन बलिदान गरेर हिंसालाई सही बाटोमा ल्याउँदै तानाशाह फ्याँक्यो तिनै पार्टीले कसरी संविधान सिध्याउँछन् ? भन्दै प्रश्न गरे । उनले नेपालमा लोकतन्त्र ल्याउने पार्टीले संविधान कसरी खान्छ ? भन्दै थप प्रश्न गरे । उनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले संविधान खाने भए कसले बचाइदिन्छ ? भन्ने प्रश्न पनि गरे । “संविधान संशोधन गर्नु पश्चगमन भनेको सुनेको छु । लोकतन्त्र शब्द कसले सुनायो नेपालमा ? कांग्रेस–कम्युनिस्टले होला नि,” उनले भने, “यी नै पार्टी संविधान खाने…
Read More
देउवा र ओलीबीच गरिएको लिखित सहमति कार्यान्वयन हुनेमा कांग्रेसका महामन्त्री गगनकुमार थापाको संशय

देउवा र ओलीबीच गरिएको लिखित सहमति कार्यान्वयन हुनेमा कांग्रेसका महामन्त्री गगनकुमार थापाको संशय

५ साउन, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेसँग गरिएको सात बुँदे लिखित सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् । शनिवार जय नेपाल फाउण्डेशनले गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरैपटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुई पार्टीबीच भएको लिखित ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा संशय रहेको बताए । उनले भने, ‘आजको रियालिटी के हो भने नेपाली कांग्रेस पार्टीले नेकपा एमालेसँग एउटा समझदारी गरेको छ । त्यो समझदारीको आधारमा हामी सत्तामा छौं । अब यसको पुष्टि हाम्रो एक्सनबाट हुनुपर्छ । हाम्रो कामबाट हुनुपर्छ । हामीले…
Read More
पानीको अभावले जनजीवन कष्टकर बन्दै गएकोले वैकल्पिक स्रोत प्रयोग गरेर भए पनि पानी आपूर्ति गर्न खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन

पानीको अभावले जनजीवन कष्टकर बन्दै गएकोले वैकल्पिक स्रोत प्रयोग गरेर भए पनि पानी आपूर्ति गर्न खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन

५ साउन, काठमाडौं - काठमाडौंबासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । शनिबार सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उनले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । उनले भने, 'मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण पानी हो, काठमाडौंमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस्, बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ मन्त्रालयबाट म व्यवस्था गर्छु ।' मन्त्री यादवले हाल काठमाडौंमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै वैकल्पिक स्रोत प्रयोग गरेर पानी आपूर्ति गर्न निर्देशन दिए । उनले…
Read More
नयाँ आउने दलहरूलाई पुराना दलहरूले आफूजस्तै बनाए: एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल

नयाँ आउने दलहरूलाई पुराना दलहरूले आफूजस्तै बनाए: एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल

५ साउन, काठमाडौं - एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नयाँ आउने दलहरूलाई पुराना दलहरूले आफूजस्तै बनाएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा भुसालले राजाले बाहिरबाट घुस लिन सिकेको हुनसक्ने भन्दै राजाबाट कांग्रेस—एमालेले घुस खान सिकेको र कांग्रेस - एमाले दुवै राजनीतिक दल मिलेर माओवादीलाई घुस खान सिकाएको उनले बताए । 'हामीले घुस खान कसरी सिक्यौँ भन्दा राजाले कसरी सिके, त्यो परम्परामा सिके । अन्तबाट पनि सिके होलान् । कांग्रेसले राजाबाट सिक्यो । संस्थागत रुपमा भन्ने लाग्छ मलाई । हामी एमाले भएर कांग्रेसबाट सिक्यौँ, उनीहरूसँग संगत बढ्दै जाँदा हामीले सिक्यौँ,' भुसालले भने, 'कांग्रेस र एमाले मिलेर माओवादीलाई घुस खान सिकायौँ, हामीले आफू जस्तै बनायौँ ।'…
Read More
आफ्नै पार्टी नेतृत्वको सरकारलाई एमाले बुझायो सरकारले आगामी तीन वर्षभित्र गर्नुपर्ने कामका विषयमा सुझावपत्र

आफ्नै पार्टी नेतृत्वको सरकारलाई एमाले बुझायो सरकारले आगामी तीन वर्षभित्र गर्नुपर्ने कामका विषयमा सुझावपत्र

४ साउन, काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नै पार्टी नेतृत्वको सरकारलाई तत्काल चाल्नुपर्ने कदम र आगामी तीन वर्षभित्र गर्नुपर्ने कामको सूचीसहित विस्तृत विषय समावेश गरिएको सुझावपत्र बुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको टोलीले शुक्रबार दिएको सुझावपत्रमा सुशासन, विकास निर्माणका काममा तीव्रता, रोजगारी सिर्जना, आर्थिक शिथिलताको अन्त्य, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धि हासिल गर्ने विषय, सेवाप्रवाहमा सहजता र झण्झटिलो प्रशासनिक प्रक्रियालाई अन्त्य गर्ने विषय तथा सामाजिक न्याय र सुरक्षाका विषयहरू समेटिएका छन् । एमालेले गत असार २१ गते ओली नेतृत्वको सरकारले आगामी तीन वर्षभित्र गर्नुपर्ने कामका विषयमा सुझाव दिन उपमहासचिप प्रदीप ज्ञवालीको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search