३२ साउन, काठमाडौँ - सांसदहरुले पछिल्लो समय डिजिटल कारोबारमा ठगी बढिरहेको भन्दै बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मार्फत डिजिटल कारोबारलाई पनि व्यवस्थित गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । सांसदहरुले डिजिटल कारोबारलाई व्यवस्थित बनाउनसके चेकबाट हुने कारोबार पनि कम हुन सक्ने धारणा राखेका छन्। सांसदहरुले कानूनमा वित्तीय सुशासनको विषयमा छुट्टै परिभाषित गर्नुपर्ने बताए । उनीहरुले बैंकिङ कसुर तथा सजाय सम्बन्धी कानून बनाउँदै गर्दा मुलुकको वित्तीय प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउने गरी ल्याउनुपर्नेमा जोड दिए । सांसदहरुले बैंकिङ प्रणालीमा असर पर्ने खालका गतिविधिलाई…
३१ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीब्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देशन दिएका छन् । नेपाल सरकारका मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य कामबारे बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्दै प्रधानमन्त्रीले देश र जनताका लागि गर्नै पर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र ठोस् तयारी गर्न निर्देशन दिए । उनले बजेट कम भएको स्थितिमा सुशासन कायमसहित फटाफट काम गरेर शत्प्रतिशत विकास खर्च गर्ने हो भने अर्थतन्त्र चलायमान हुने स्पष्ट पारे । 'हामी…
३० साउन, काठमाडौँ - प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रिया नेपाली मौलिकतामा हुर्किएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा आफ्नो धारणा राख्दै दाहालले नेपालको शान्ति प्रक्रिया मौलिक रहेको बताएका हुन् । उनले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय रहेको बताए । 'संसारभर चल्ने यसप्रकारका युद्धहरू कि त हारमा परिणत भएका छन् कि सम्पूर्ण रूपले जितमा तर, नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ र हाम्रा अनुभव निकै मौलिक छन्,' पूर्वप्रधानमन्त्री दाहालले भने, 'हाम्रै गृह, जलवायु, माटो, संस्कृति र परम्परा अनुकूल हुर्किएको शान्ति प्रक्रियाको रूपमा यो रहेको…
३० साउन, काठमाडौँ - नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्यायलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियाली रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलका क्रममा बोल्दै सभापति देउवाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कानुन, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप नै बनेकाले पीडितहरूले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए । 'संक्रमणकालीन न्याय टुंगोमा पुगेकोमा अन्तर्राष्ट्रियहरूले समुदायले नजिकबाट नियाली रहेका छन्,'देउवाले भने,' यस विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभूति गर्ने व्यवस्था गरेको छ। सबै पीडितहरूले न्यायको अनुभूति गर्नेछन् ।' उनले संक्रमणकालीन न्याय निरुपणका विषयमा भएको सहमति ऐतिहासिक उपलब्धि भएको बताए…
२९ साउन, काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरषद्को बैठकले डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत उपभोग गरेका व्यापारीलाई बक्यौतामा १६ अर्ब छुट दिने निर्णय गरेको दाबी गरेका छन् । यो छट २०८१ बैशाख २१ को मन्त्रिपरषद्को बैठकले गरेको उनको भनाइ छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमाले सांसदसमेत रहेका लेखा समिति सभापति पोखरेलले सरकार, नेपाल विद्युत प्राधिकरण र व्यापारीबीच मेलमिलाप भएर सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा डेडिकेटेड तथा ट्रंक लाइन विवादबारे समिति बनेको पनि दाबी गरे । त्यस्तै डेडिकेटेड र ट्रंक लाइनको विद्युत उपभोग गर्ने उद्योगीले २१ अर्ब ८८ करोड तिर्नुपर्ने…
२८ साउन, काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता, सूचनाप्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको बताएका छन् । राजधानीमा सोमबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको स्पष्ट पारे । उनले भने,‘राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जनलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ ।’…
२७ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा दुई पक्षीय सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत समेत सहभागी थिए । नेपालको औपचारिक दुईदिने भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले गरेको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उनीमार्फत भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
२६ साउन, काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्ति हिनामिना नगर्ने बताएका छन् । शनिबार काठमाडौंमा लायन्स क्लबले आयोजना गरेको एक कार्यक्रममा उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने प्रतिबद्धता दोहोर्याए । देशलाई सुशासन, तीव्र विकाससहित समृद्धि दिन आफू सदैव लागिपरेको उनले उल्लेख गरे । उनले राज्यबाट आफूले कुनै पनि कुरा लिन नचाहेको बताए । गरिबी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्न सक्छु ? भन्दै प्रधानमन्त्री ओलीले प्रतिप्रश्न समेत गरे । जनताले गरिबी र अभाव भोग्नु नपरोस् भन्ने विषयलाई आफूले चासोमा राखेर त्यसलाई पूरा गर्न ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य तय गरेर अघि बढेको…
२५ साउन, काठमाडौँ - गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,पहिरोलगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना,कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ७० जनाको मृत्यु भएको हो । साथै काठमाडौं उपत्यकामा ११ जना,कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५३ जना र…
२५ साउन, काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विद्युत्को महशुल जोडेर प्राधिकरणले नाफा नदेखाएको दाबी गरेका छन् । शुक्रबार प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी सम्हालेको तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो दाबी गरेका हुन् । पछिल्लो समय विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विद्युत्को महशुल जोडेर कागजी रुपमा नाफा देखाएको आरोप सत्य नभएको उनको दाबी छ । घिसिङले प्राधिकरणले विगत ८ वर्षमा ३५ अर्बको सञ्चित घाटा बेहोरिरहेकोमा आफू नियुक्त भएपछि त्यसलाई पूर्ति गरेर ४७ अर्ब सञ्चित नाफामा पुर्याएको बताए । ४७ अर्बको नाफा डेडिकेटेड र ट्रंक लाइनको बिलले नभएको उनको दाबी छ । उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत्को महशुल बिलको केही अंश…