२२ फाल्गुन, सुर्खेत - कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले राजीनामा दिएका छन् । साथै कांग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएको छ । प्रदेश मन्त्रीहरूले पत्रकार सम्मेलन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । कर्णाली सरकारमा कांग्रेसबाट खड्गबहादुर पोखरेल, कृष्णकुमार बीसी र बेदराज सिंह मन्त्री थिए ।
२१ फाल्गुन, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सत्ता गठबन्धन परिवर्तन गरेका छन्। सोमबार नेकपा एमालेका प्रमुख सचेत पदम गिरी, माओवादी केन्द्रका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्याल (डिपी) ले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष विनाविभागीय मन्त्रीको शपथ लिए सँगै सत्ता गठबन्धन औपचारिकरुपमा परिवर्तन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसहितका दलको नयाँ गठबन्धन बनेको छ । सोही गठबन्धनमा भएको सहमतिअनुसार सोमबार तीन मन्त्रीले शपथ लिएका हुन् । गठबन्धनमा जसपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत सहभागी हुने भनिए पनि सोमबार पुनर्गठन भएको मन्त्रिपरिषदमा ती पार्टीका तर्फबाट कोही पनि सहभागी भएनन्। दलहरूले…
२० फाल्गुन, काठमाण्डौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई सभापति देउवाले आइतबार अपरान्ह छलफलका लागि बुढानीलकण्ठस्थित निवासमा बोलाएका थिए । मन्त्रिपरिषद् पुन: गठन, राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र गठबन्धनका विषयमा सत्ता गठबन्धनमा उत्पन्न तनावका बीच सभापति देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिने कार्यक्रम छ भने त्यसअघि विहान गठबन्धनको बैठक बोलाइएको छ । मन्त्रीहरु हेरफेरको चर्चा चलिरहेका बेला गठबन्धनको बैठकअघि कांग्रेस सभापति देउवाले आफ्नो दलका मन्त्रीहरुसँग गरेको छलफललाई अर्थपूर्णरुपमा हेरिएको छ ।
१८ फागुन, चितवन - प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताए । '१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्,' प्रधानमन्त्री दाहालले भने, 'भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन् । यी देशका लागि महत्त्वपूर्ण उपलब्धिहरू हुन् ।' दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति…
१४ फाल्गुन, काठमाण्डौं - विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका लघुवित्त पिडितहरु संसद् भवन परिसरभित्र प्रवेश गरेको घटनाका बारे छानबिन गर्न एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी मैनालीको नेतृत्वमा एसपी नवराज अधिकारी र डीएसपी दिनेश घिमिरे सदस्य रहेको समिति गठन भएको हो । संसद् भवन परिसरको सुरक्षामा तैनाथ भएका प्रहरीलाई छक्याएर लघुवित्त ऋणिलगायतका प्रदर्शनकारी सोमबार प्रवेश गरेका थिए । संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठक सकिएको केही बेरमै प्रदर्शनकारी भित्र छिरेर नाराबाजी गरेका थिए । जबर्जस्ती भित्र प्रवेश गरेका ४८ जना महिला र एक जना पुरुष पक्राउ परेका छन् । उनीहरूलाई वानेश्वर वृत्तमा राखिएको प्रहरीले जानकारी…
१३ फाल्गुन, काठमाण्डौं - अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापा दमकको सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा १८७ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । नापी कार्यालय झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुक समेत गरी १८७ जनाविरुद्ध स्वबासी जग्गादर्ता प्रक्रियाबाट सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेकोमा आइतबार विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरले उल्लेख गरेका छन् । सरकारी सार्वजनिक पदधारण गरेको नापी कार्यालय, चन्द्रगढी, झापाका कर्मचारी ९ जना, सरकारी सार्वजनिक जग्गा गैरकानूनी तरिकाले स्वबासी जग्गादर्ता प्रकृयाबाट आफ्नो नाममा दर्ता कायम गरेका शुरु जग्गा दर्तावाला ६५ जना र…
११ फाल्गुन, काठमाण्डौं - प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्ने तयारी भइरहेको बताएका छन् । शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर संसद्मा प्रस्तुत गर्ने तयारीमा रहेको बताए । त्यस्तै दाहालले संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगसँग सम्बन्धित काम नटुंगिएकाले नै शहीद परिवारले पाउनुपर्ने परिपूरण वा सहयोग राज्यकोतर्फबाट पाउन नसकेको बताए । ‘आज हामी बलिदान दिवस मनाउँदै गर्दा हाम्रा ती महान् शहीद र बेपत्ता योद्धाहरुलाई राज्यकोतर्फबाट सम्मान गर्ने प्रक्रियाको एउटा ठूलो ढोका खुलेको छ । तर फेरि अझै शान्ति प्रक्रियाका केही काम बाँकी नै छन् । खासगरी संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण…
८ फाल्गुन, काठमाण्डौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनहरूमा कुनै पनि पार्टीसँग गठबन्धन गर्नुनहुँने प्रस्ताव महासमिति बैठकमा पेस गरेका छन् । मंगलबार पार्टीको महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गर्ने क्रममा थापाले सबै निर्वाचन क्षेत्रमा कांग्रेसको चुनाव चिह्न रुखवाला मतपत्र हुने सुनिश्चित गर्नुपर्ने बताएका हुन् । वर्तमान सत्तारुढ गठबन्धन संविधान रक्षाका लागि बाध्यात्मक अवस्थाको उपज भएको बताउँदै थापाले आगामी निर्वाचनमा भने कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता महासमिति बैठकले गर्नुपर्ने प्रस्ताव राखेका हुन् । 'कांग्रेस यस महासमिति बैठकबाट पार्टीका तमाम सदस्य, सुभेच्छुक तथा आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्दछ कि हामी अब भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्नेछौं,' उनले…
७ फाल्गुन, काठमाण्डौं - नेपाली कांग्रेसका उपसभापति तथा कानुन मन्त्री धनराज गुरूङले महासमिति बैठकले वडाध्यक्षदेखि मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय लिनुपर्ने बताएका छन्। ललितपुरको गोदावरीमा सोमबार सुरु भएको महासमिति बैठकमा बोल्दै उनले कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि संघीय मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निर्णय गर्नुपर्ने बताएका हुन् । ‘यो महासमितिले वडाध्यक्षदेखि मन्त्री भएकाहरूसम्मको सम्पत्ति छानबिन गर्ने निर्णय गर्नुपर्छ, यसका लागि हिम्मत गर्नुपर्छ,’ उनले भने। साथै, गुरूङले पदाधिकारीले गरेका गल्ती महासमिति बैठकले सच्याउनुपर्ने पनि बताए। पार्टीको भद्दा संरचनालाई हटाएर चुस्त बनाउनुपर्ने उनको भनाई थियो । ‘मुसाले एकैपटक धेरै बच्चा जन्माउँछ तर हात्तीले एउटा मात्रै जन्माउँछ हात्ती नै शक्तिशाली हुन्छ,’ उनले भने।
४ फाल्गुन, काठमाण्डौं - उच्चस्तरीय जाँचबुझ आयोगले दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पीएसओ र फिल्ड कमाण्डर डीएसपी दोषी देखिएको निष्कर्ष निकालेको छ । आयोगले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला जान नहुने ठाउँमा पुग्दा मानवीय क्षतिको घटना हुन पुगेको औंल्याइएको छ । भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन भएको थियो । त्यसक्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । घटनाबारे जाँचबुझ गर्न सरकारले उच्च अदालतका पूर्व न्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्षतामा आयोग बनेको थियो । आयोगले…