Epost Nepal

इ-पोस्ट नेपाल

इ-पोस्ट नेपाल

1835 Posts
१६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड: प्रधानमन्त्री

१६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड: प्रधानमन्त्री

१३ बैशाख, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन्। बिहीबार राष्ट्रिय विकास परिषद्को बैठक काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औं योजना केन्द्रित हुने बताएका छन्। ‘पर्यटन प्रवर्द्धधन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित सुरूआती पुँजी लगानीमार्फत नविनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ।’ आर्थिक समृद्धिको सम्वाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात गर्दै सहकारी,…
Read More
पुर्पक्षका लागि नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई थुनामा पठाउने आदेश

पुर्पक्षका लागि नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई थुनामा पठाउने आदेश

१२ बैशाख, काठमाडौं - नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । अख्तियारले पौडेलविरुद्ध ९ वैशाखमा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो । सरकारी सेवामा रहेको अवधिमा उनले आर्जन गरेको सम्पत्तिमध्ये २३ करोड ७५ लाखको स्रोत नखुलेको अख्तियारको दाबी छ । विशेष अदालतको आदेशपछि पौडेललाई डिल्लीबजार कारागारमा लगिएको नेपाल प्रहरी स्रोतले जनाएको छ । पौडेललाई नेशनल पेमेन्ट गेटवेको प्रणाली खरिदमा पनि…
Read More
राजकीय भ्रमणमा रहेका कतारी अमिर स्वदेश प्रस्थान

राजकीय भ्रमणमा रहेका कतारी अमिर स्वदेश प्रस्थान

१२ बैशाख, काठमाडौं - नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । मंगलबार काठमाडौं आएका उनी नेतृत्वको प्रतिनिधिमण्डल बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । उनलाई विदाई गर्न विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, परराष्ट्र मन्त्रालयसहितका उच्च पदस्थ सरकारी अधिकारीहरू विमानस्थलम पुगेका थिए। भ्रमणकाक्रममा नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयमा सम्झौतामा हस्ताक्षर भएको छ। नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्तापश्चात सोल्टी होटलमा दुई…
Read More
नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा २ सम्झौता र ६ समझदारी

नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा २ सम्झौता र ६ समझदारी

१२ बैशाख, काठमाडौं - अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा २ सम्झौता र ६ समझदारी भएका छन् । नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि  दुईदेशका मन्त्रीहरूबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । बुधबार नेपाल र कतारबीच कला तथा साँस्कृतिक, शिक्षा, युवा तथा खेलकुद, दुई देशका महान्यायाधिवक्ताको कार्यालय, राष्ट्रिय समाचार समिति र कतारी न्युज एजेन्सीबीच सहकार्य, पराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र कतारको यस्तै प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएका छन् । यस्तै, नेपालको उद्योग वाणिज्य महासंघ र कतारको उद्योग वाणिज्य महासंघबीच दुई वटा समझदारीपत्रमा हस्ताक्षर…
Read More
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह

११ बैशाख, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार उनीहरुसँग भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन् । कतारी अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार अपराह्न यहाँ आएका हुन् । राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताएको र रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी विपिन…
Read More
राष्ट्रपति पौडेल-कतारका अमिरबीच भेटवार्ता : मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरण बारे राष्ट्रपतिद्वारा चिन्ता ब्यक्त्त

राष्ट्रपति पौडेल-कतारका अमिरबीच भेटवार्ता : मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरण बारे राष्ट्रपतिद्वारा चिन्ता ब्यक्त्त

११ बैशाख, काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबार अपराह्न नेपाल आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले सो कुरा  बताएका हुन् । 'आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट हाम्रो पृथ्वीलाई कसरी सुरक्षित राख्ने, हाम्रो हिमाललाई कसरी जोगाउने, पानीको स्रोत कसरी बचाउने र वातावरण सन्तुलन कसरी राख्ने भन्ने नै हो, यसमा सबैको सहकार्य हुन जरुरी छ, यो…
Read More
राजकीय भ्रमणको सिलसिलामा अमिर शेख नेपालमा

राजकीय भ्रमणको सिलसिलामा अमिर शेख नेपालमा

११ बैशाख, काठमाडौं - मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा मंगलबार अपराह्न काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा बंगलादेशबाट विशेष विमानमार्फत काठमाडौं आइपुगेका हुन् । अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति,  प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले स्वागत गरेका छन् । भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातमन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहम्मद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी छन् । यसैगरी…
Read More
लगानी सम्मेलनका लागि हालसम्म एक हजार १९ जनाले गरे निम्तो स्वीकार

लगानी सम्मेलनका लागि हालसम्म एक हजार १९ जनाले गरे निम्तो स्वीकार

११ बैशाख, काठमाडौं - यही वैशाख १६ र १७ गते काठमाडौंमा सरकारले गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । सम्मेलनका लागि लगानी बोर्डले हालसम्म विभिन्न देशका एक हजार ९०० भन्दा बढी लगानीकर्ता, कम्पनी एवं प्रतिनिधिहरूलाई निमन्त्रणा पठाएको छ भने मंगलबार बिहान सम्म ५३ देशका एक हजार १९ जनाले निम्तो स्वीकारेर जवाफ पठाएका छन् । लगानी सम्मेलनमा उपस्थित हुन सबैभन्दा धेरै विदेशी चीनबाट २६५ जनाले निम्तो स्वीकारेका छन् । दोस्रोमा भारतबाट १४३ जनाले निमन्त्रणा स्वीकार गर्दै बोर्डलाई जवाफ फर्काएका छन् । तेस्रोमा अमेरिकाबाट ३३ जनाले निमन्त्रणा स्वीकारेका छन् । जापानबाट २८, बेलायतबाट १४, बंगलादेशबाट १३, युनाइटेड…
Read More
पोखरामा सहकारीपीडितले गरे दबाब र्‍याली

पोखरामा सहकारीपीडितले गरे दबाब र्‍याली

१० पोखरा - पोखराका सहकारीपीडित बचतकर्ताले सोमबार पोखरामा दबाब र्‍याली प्रदर्शन गरेका छन् । सहकारी बचतपीडित संघर्ष समिति कास्कीले पहिलो चरणको दबाब कार्यक्रम अन्तर्गत र्‍याली गरेको हो । पीडितले ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’, ‘गृहमन्त्री तिम्रो पाराले, दुःख पाए साराले’ लगायत नारा लगाएका थिए । संघर्ष समितिले जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छन् । अदालतमा मुद्दा परेका कास्कीका ६ सहकारीका पीडित बचतकर्तासहित समस्यामा रहेका अन्य सहकारीका बचतकर्ता पनि र्‍यालीमा सहभागी थिए । सर्वसाधारणको बचत अपचलन गर्ने सूर्यदर्शन, इमेज, मित्र मिलन, बलिदानी, शिवशिखर र विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता संघर्ष समितिमा…
Read More
मंगलबार सार्वजनिक बिदा

मंगलबार सार्वजनिक बिदा

१० बैशाख, काठमाडौं - राष्ट्र प्रमुखसमेत रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आउने भएपछि नेपाल सरकारले उनको सम्मानमा एक दिन सार्वजनिक बिदा दिने भएको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो । पहिलोपल्ट कतारका राजा नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुने बताइएको छ । उनको भ्रमणपूर्व नै तयारीका लागि ५० भन्दा बढी कतारी प्रतिनिधि काठमाडौं आउने…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search