Epost Nepal

११ महिनामा गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले कम आयात

असार, काठमाडौं – चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ बराबरको आयात भएको छ ।

जुन गत आर्थिक वर्षको तुलनामा १.८४ प्रतिशतले कम आयात भएको हो । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष निर्यात ३ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मम १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँको वस्तु निर्यात हुँदा गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोढ रुपैयाँको वस्तु निर्यात भएको थियो ।

आयात र निर्यात घटेसँगै व्यापार घाटा पनि १.७२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा हुँदा चालु आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ पुगेको हो ।

मुलुकबाट आयात हुनेमा डिजेल, पेट्रोल, एलपीजी ग्यास छन् । विभागका अनुसार १ खर्ब २९ अर्ब २० करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । ६२ अर्ब ८७ करोड रुपैयाँ बराबरको पेट्रोल आयात गरिएको छ।

मुलुकबाट निर्यात हुनेमा सबैभन्दा बढी गलैंचा, अलैंची,फलाम तथा स्टिल छन् । चालु आर्थिक वर्षको ११ महिनमा ९ अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको गलैंचा निर्यात भएको छ । विभागका अनुसार ७ अर्ब ४७ करोड श्ररुपैयाँ बराबरको अलैंची निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search