Epost Nepal

हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको निर्णय प्रदेश संसदीय दलले अस्वीकार गर्ने

१४ चैत्र, धनगढी – नागरिक उन्मुक्ति पार्टी (नाउपा) को सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।

संस्थापक केन्द्रीय समितिको बैठकले प्रदेशमा पनि हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरे सँगै प्रदेश स‌ंसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन कायमै रहेको बताउँदै संस्थापक केन्द्रीय कमिटिको निर्णय स्वीकार नहुने बताए । उनले पार्टीका संरक्षक रेशमलाल चौधरी जापानबाट फर्किएपछि मात्र पार्टीले सरकारबारे निर्णय लिने जनकारी दिए ।

‘पार्टीका संरक्षक बिना बसेको अल्पमतको बैठकले गरेको निर्णय कसरी मान्ने ?’, चौधरीले भने, ‘उहाँ (रेशम) जापानबाट फर्किएपछि सरकारका विषयमा निर्णय हुन्छ । अहिले यहीँ सरकारलाई हाम्रो समर्थन रहन्छ ।’

रेशम चौधरी अहिले जापानमा रहेका बेला उनकी पत्नीसमेत रहेकी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले संघ र प्रदेशमा एमाले माओवादी-रास्वपासहितको गठबन्धन सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search