Epost Nepal

साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बंगलादेशलाई

१४ कात्तिक, काठमाडौं – फाइनलमा नेपाललाई २–१ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले लगातार दोस्रोपटक साफको उपाधि जितेको हो ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशलाई जित दिलाउन मोनिका चक्मा र ऋतु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन् । तिनै गोल दोस्रो हाफमा भएको हो ।

खेलको ५२औँ मिनेटमा मोनिका चक्माले गोल गर्दै बंगलादेशलाई अग्रतामा राखेकी थिइन् । कप्तान सविना खातुनले नेपाली रक्षकबाट भएको गल्तीको फाइदा उठाउदै निकालेको बललाई नियन्त्रणमा लिँदै मोनिकाले गोल गरेकी थिइन् ।

तर, नेपालले चार मिनेटमै गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी हुन् । प्रीति राईले निकालेको थ्रू बललाई नियन्त्रणमा लिँदै अमिशाले सहजै गोल गरिन् ।

८१औँ मिनेटमा ऋतु पोर्ना चक्माले गोल गर्दै बंगलादेशलाई २–१ को अग्रतामा राखिन् । करिब २५ यार्ड परबाट ऋतुले उत्कृष्ट गोल गरेकी हुन् । यही गोल निर्णायक बन्दा बंगलादेश च्याम्पियन बनेको हो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search