Epost Nepal

सरकारले विकासका काममा आवश्यक ध्यान दिन सकेन: एमाले अध्यक्ष केपी शर्मा ओली

१ असार, काठमाडौं – प्रमुख सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् ।

शनिबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताए ।

‘बजेटको सन्दर्भमा भएको कति ठीक, कति बेठीक त्यो अलि छलफल गर्नुपर्ने हुन्छ । एक/दुई जनाको मुख हेरेर हामी सरकारमा छौं भनेर गरिबीतिर गए पनि के भयो र ? हामी सरकारमा छँदै छौं भनेर हुन्छ ?,’ उनले भने, ‘हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि हो । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ।’

ओलीले एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजन कस्तो छ भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको पनि बताए । उनले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आग्रह गरे ।

‘हामीले नै चलाइरहेका मन्त्रालयहरुको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ त्यसको विनियोजन ? त्यो पनि हेर्नुपर्ने हुन्छ । यी सबै विषयमा साथीहरुले खुलेर छलफल गर्नुस् । बाहिर बजारमा फिाजाउने कुरा होइन । बजारमा भन्दै हिँड्ने, त्यसले कुनै फेसबुकले कुनै कुरालाई सच्याएर ल्याइदिँदैन । त्यो ठीक ठाउँको छलफल, ठीक ठाउँको सुझाव, ठीक ठाउँका निर्णयबाट मात्रै स्थितिमा परिवर्तन आउँछ,’ उनको भनाइ थियो ।

अध्यक्ष ‌ओलीले प्रतिक्रियावादीहरुले एमालेविरुद्ध दिनदिनै नयाँ-नयाँ अकल्पनीय कुराहरु आविष्कार गरी समाजमा भ्रम पैदा गरिरहेको बताए । उनले भने, ‘हामी प्रतिक्रियावादी शक्तिहरु जस्तो, विचार शून्य, नीति शून्य, उद्देश्य शून्य, स्वार्थका थैलाहरु बोकेर ती स्वार्थका थैलाहरु भर्नका लागि अशिष्टता, असभ्यता, अमर्यादा, अलोकतान्त्रिक तरिकाहरु अवलम्बन गर्ने खालका भ्रमका तुवाँलाहरु फैल्याउने क्रमका विपरीत क्रियाकलापहरुमा हामी लाग्दैनौं । फेरि हामीले खण्डनमण्डन त गर्नुपर्ने हुन्छ । हाम्रो पार्टीका विरुद्ध उनीहरुको हमला अत्यन्त तीव्र छ । नयाँ कुरा दिनैपिच्छे अकल्पनीय कुराहरु उनीहरुले आविष्कार गरेर बजारमा फैल्याउँछन् ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search