Epost Nepal

सरकारले गरेको पूर्वतयारीभन्दा भिन्नरूपले परिस्थितिको सामना गर्नु पार्‍यो: प्रधानमन्त्री केपी शर्मा ओली

१५ असोज, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको पूर्वतयारीभन्दा भिन्नरूपले परिस्थितिको सामना गर्नुपरेको बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलमा प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठूलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमिकमजोरी भएको हुनसक्ने उल्लेख गर्दै आगामी दिनमा त्यस्ता कुराहरुलाई सच्याउने प्रतिबद्धता व्यक्त गरे ।

ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आव्हान गरेका छन् । उनले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्ने बताए ।

‘यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ ‘प्रधानमन्त्री ओलीले भने,’कतिपय संरचनागत त्रुटीका कारण पनि क्षतिहरु भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ ।’

ओलीले तत्काल उद्धार र पुनःस्थापनासहितको राहत दिएर भौतिक संरचनाको पुनर्निर्माण गरिने बताए । उनले बगाएका पुलमा तत्काल बेलब्रिज हाल्ने र नबग्नेगरी पक्की पुलको निर्माण गर्ने प्रतिवद्धता जनाए । प्रधानमन्त्री ओलीले किसान र बगेका घरधनीलाई पनि राहत उपलब्ध गराउने बताए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search