Epost Nepal

सन् २०२४ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार एआई सम्बन्धी अनुसन्धानमा सक्रिय दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने

२२ असोज, काठमाडौं – सन् २०२४ को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिसल इन्टेलिजन्स (एआई) सम्बन्धी अनुसन्धानमा सक्रिय दुई वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हालै एक वक्तव्य जारी गर्दै कृत्रिम न्युरल नेटवर्कमा अनुसन्धान गरेका अमेरिकी वैज्ञानिक जोन जे होपफिल्ड र बेलायती-क्यानडेली वैज्ञानिक जियोफ्री ई हिल्टनलाई संयुक्त रूपमा नोबेल पुरस्कार प्रदान गरिने जानकारी दिएको हो ।

उनीहरूलाई ‘कृत्रिम न्युरल नेटवर्कमा मसिन लर्निङ इनेबल गराउने आधारभूत आविष्कार र खोजका लागि’ यो पुरस्कार दिइने भएको हो । सन् १९७० को अन्त्यतिर र १९८० को सुरुतिर प्रारम्भ गरिएको यो अध्ययनले एआईको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ ।

जोन जे होपफिल्ड प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक हुन् । उनले ‘हपफिल्ड नेटवर्क’को विकास गरेका थिए, जसले न्युरल नेटवर्कले कसरी तस्बिर र सम्झनाहरू भण्डारण र पुन: प्राप्त गर्न सक्छ भन्ने देखाउँछ । यस मोडेलले मानव मष्तिष्कको स्मरण क्षमताको नक्कल गरेको थियो ।

त्यस्तै, जियोफ्री ई हिल्टनलाई ‘डीप लर्निङको गडफादर’ भनेर पनि चिनिन्छ । सन् १९७८ मा एआईमा विद्यावारिधि प्राप्त गरेका हिल्टनले ‘ब्याकप्रोपोगेसन एल्गोरिदम’को विकास गरेका थिए, जसलाई उनको महत्त्वपूर्ण आविष्कार मध्येको एक मानिन्छ ।

यसले न्युरल नेटवर्कलाई आफ्ना गल्तीबाट सिक्न सघाउँछ । हिन्टन सन् २०१३ मा गुगलसँग आबद्ध भए पनि एआईले गलत सूचना फैलाउने जोखिम देखाउँदै सन् २०२३ मा गुगल छाडेका थिए । हाल उनी टोरन्टो विश्वविद्यालयमा प्राध्यापकका रूपमा कार्यरत छन् ।

नोबेल पुरस्कारको राशि एक करोड १० लाख स्वीडिश क्रोनर (१० लाख अमेरिकी डलर) छ । विजेताहरूलाई आगामी डिसेम्बर १० मा भव्य कार्यक्रमबीच पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search