Epost Nepal

संख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको अनिवार्य आवश्यकता हो: प्रधानमन्त्री पुष्पकमल दाहाल

२ पुस, काठमाण्डौं – प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालय शिक्षामा  मयअनुकूल सुधार गर्दै लैजाने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहलाई सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले शिक्षालाई सर्वसुलभ बनाउँदै प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने नीति सरकारले लिने  पनि बताएका छन् ।

‘विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समातामूलक र सबै वर्ग, समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने, ‘यसका लागि उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयअनुकूल सुधार गर्दै लैजानुपर्छ ।’ आगामी दिनमा प्राविधिक शिक्षाको भूमिका अझै बढाउँदै लैजानुपर्ने प्रधानमन्त्री दाहालले बताए । ‘उपाधि हासिल गरेका विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिभुवन विश्वविद्यालयको सामयिक चुनौती हो,’ उनले भने, ‘संख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको अनिवार्य आवश्यकता हो ।’

‘विश्व बजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ ? विगतमा विश्वविद्यालयहरूले आर्जन गरेका बलिया जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो ? प्राज्ञहरूको भूमिका किन गुरुत्वपूर्ण हुन सकेको छैन ? किन शैक्षिक क्यालेन्डर लागू हुन सकेको छैन ? पठनपाठनमा गत्यारोध आउनुमा को दोषी छ ?,’ प्रश्न गर्दै प्रधानमन्त्री दाहालले थपे, ‘एकातर्फ हामी विश्वविद्यलायमा राजनीतिक भागबन्डा हुनु हुँदैन । स्वायत्त प्राज्ञिक निकाय हुनुपर्दछ भनिरहेका छौं । अर्कोतर्फ राजनीतिक भागबन्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौं । यस्ता चुनौती र प्रश्नबारे पनि हामीले गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको छ ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search