Epost Nepal

रास्वपा सभापति रवि लामिछानेलाई सहकारीपीडितहरूले देखाए कालो झण्डा

२५ भदौ, पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारीपीडितहरूले पोखरामा कालो झण्डा देखाएका छन् ।

पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन आएका लामिछानेलाई पोखराको बिरौटामा सहकारीका बचतकर्ताले कालो झण्डा देखाएका हुन् ।

बिरौटास्थित बैठकस्थलमा छिर्ने क्रममा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले लामिछानेलाई कालो झण्डा देखाएका हुन् । प्रदर्शनकारीले बैठकस्थलबाहिर सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको भन्दै नाराबाजी गरिरहेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित सहकारीका पूर्व र वर्तमान सञ्चालक तथा कर्मचारी गरी १९ जनालाई प्रतिवादी बनाएर प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित २०८० असोज १८ मा कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

सुरुको अनुसन्धानमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशसहित शंकास्पद भूमिकामा देखिएका व्यक्ति अनुसन्धानको दायरामै आएका थिएनन् । सहकारीपीडितले गत माघमा पूरक जाहेरी दिएका थिए भने पोखरा महानगरपालिकाले पनि अध्ययन गराएको थियो । महानगरको अध्ययन प्रतिवेदनमा लामिछानेसहितका व्यक्तिका नाम किटान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search