Epost Nepal

प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा छैन: कांग्रेस महामन्त्री गगनकुमार थापा

१ असार, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको टिप्पणी गरेका छन् ।

शनिवार कांग्रेस नागार्जुन नगर कार्यसमितिले गरेको प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताएका हुन् ।

थापाले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको बेला समेत प्रधानमन्त्री दाहालले प्रधानमन्त्री नै बन्नेबाहेक अन्य काममा कुनै सक्रियता नदेखाएको आरोप लगाए ।

उनले भने, ‘देशको अर्थतन्त्रको हिसाव किताव बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ र आगामी दिनमा यो थप बढ्दै जानेवाला छ । हामी प्रतिपक्षमा छौँ । माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन । के को लागि हुनुभएको हो ? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन ।’

उनले सरकारमा सहभागी दल नेकपा एमालेले सरकारले जुनियर मन्त्रीहरु पठाएर सरकारको जिम्मेवारीबाट पन्छिन खोजिरहेको आरोप लगाए । उनले भने, ‘एमाले सरकारमा सामेल त छ । तर सरकारमा उसले जुनियर नेताहरुलाई मात्रै मन्त्री बनाएर पठाएको छ । हेर्दाखेरि मात्रै जुनियर मन्त्रीहरु पठाएको होइन । किनभने सरकारमा आफू बस्नेपनि । तर नागरिकको बीचमा गएर यो सरकार मेरो हो भनेर जिम्मा नलिने । बजेटमा कसरी पन्छियो ? तपाईहरुले देखिहाल्नुभयो ।सरकार आफ्नो छ । यो बजेट माओवादीको जस्तो देखियो । यो बजेटमा रातोरातो देखियो भनेर सर्लक्क पन्छिएको छ ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search