Epost Nepal

आइसिसी टी-२० विश्वकपको उपाधि भारतलाई

१६ असार, काठमाडौं – आइसिसी टी-२० विश्वकपको उपाधि भारतले जितेको छ ।

शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी-२० विश्वकपको उपाधि जितेको हो ।

पूरा प्रतियोगितामा अपराजित रहेको भारतले टी–ट्वान्टी विश्वकपको उपाधि जितेको यो दोस्रो पटक हो । दक्षिण अफ्रिकाले पनि फाइनल सम्मको यात्रा अपराजित तय गरेको थियो, तर निर्णायक खेलमा चुक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा १ सय ७६ रन बनाएको थियो । जितका लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो । उसलाई अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएकामा ८ रन मात्रै बनाउन सक्यो । २१ रन बनाएर खेलिरहेका डेविड मिलर हार्दिक पान्ड्याको बलिङमा सूर्यकुमार यादवले उत्कृष्ट क्याच लिएपछि भारतको जितको आधार तयार भएको थियो ।

दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन । उसले १२ रन बनाउँदासम्म दुई विकेट गुमाइसकेको थियो । रेजा हेनरिक र कप्तान एडेन मारक्रम समान चार रन बनाएर आउट भए । त्यसपछिका सबै ब्याटरले गतिलो योगदान दिए । ओपनर क्विन्टन डी ककले ३१ बलमा ३९ रन बनाए, त्यसमा चार चौका र एक छक्का सामेल थियो । ट्रिस्टन स्टब्ले २१ बलमा ३१ रन जोडे । उनको ब्याटबाट तीन चौका र एक छक्का निस्केको थियो ।

दक्षिण अफ्रिकाका तर्फबाट हेनरिक क्लासेनले सर्वाधिक रन बनाए, उनले २७ बलमा ५२ रनको सानदार अर्धशतकीय इनिङ्स खेले । उनले आक्रामक ब्याटिङको नमुना पेस गर्दै दुई चौका र पाँच छक्का प्रहार गरेका थिए । उनकै यसै प्रदर्शनले खेल दक्षिण अफ्रिकाको पक्षमा मोडिएको थियो । भारतीय बलरमध्ये हार्दिक पान्ड्याले तीन विकेट लिए ।

भारतका ओपनर कोहलीले मार्को जेनसनको पहिलो ओभरमै तीन चौका प्रहार गर्दै १५ रन जोडेका थिए । कप्तान रोहित शर्मालाई ९ र ऋषभ पन्तलाई शून्यमा गुमाएपछि भारत दबाबमा आएको थियो ।

भारतले सुरूआती दुई विकेट २३ रनमा गुमाएको थियो । लगत्तै सूर्यकुमार यादव पनि आउट भएपछि ३४ रनको स्कोरमा ३ विकेट गुमाउन पुगेको थियो । त्यसपछि लयमा आएका कोहलीले अक्षर पटेलसँग मिलेर ७४ रनको साझेदारी गरे । कोहलीले ५९ बलमा ७६ रन बनाए । पटेलले एक चौका र चार छक्का प्रहार गर्दै ३१ बलमा ४७ रन बनाए । उनी रनआउट भए ।

कोहलीले जोनसनकै बलमा विकेट गुमाउनुअगाडि ५९ बलमा ६ छक्का र दुई चौका आफ्नो नाममा लेखाएका थिए । उनले ४८ बलमा आफ्नो अर्धशतक पूरा गरे । शिवम दुबेले १६ बलमा २७ रन बनाए । उनले तीन चौका र एक छक्का प्रहार गरेका थिए । दक्षिण अफ्रिकी बलरमध्ये केशव महाराज र एनरिक नोकियाले दुई/दुई विकेट लिए ।

फाइनलमा अपराजित दुई टिमबीचको भिडन्त रोचक बनेको थियो । भारतले सन् २००७ को पहिलो संस्करणको विश्वकप जितेको थियो भने दक्षिण अफ्रिका पहिलो पटक यस विश्वकपको फाइनल खेलेको हो । भारतले अन्तिम पटक सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search