Epost Nepal

अफगानिस्तान भूकम्प परी मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

काबुल, २२ असोज । पश्चिमी अफगानिस्तानमा शक्तिशाली भूकम्प गएपछि २,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

तालिबान सरकार अनुसार गहिरो आर्थिक सङ्कटको समयमा राष्ट्र अर्को थप समस्या भूकम्पबाट गुज्रिनु परेको छ ।

अफगानिस्तानको तेस्रो ठुलो पश्चिमी हेरात प्रान्तको हेरात सहरबाट २५ माइल अर्थात् ४० किलोमिटर पश्चिममा शनिवार ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। जसमा अहिलेसम्म २ हजार बढीको मृत्यु भएको तालिबान सरकारले तथ्याङ्क सार्वजनिक गरेको छ ।

तालिवानका प्रवक्ता जबिहुल्लाह मोजाहिदले मृत्यु हुनेको सङ्ख्या २,०५३ जना पुगेको छ भने १,२४० जना घाइते भएको छन् । उसका अनुसार अहिलेसम्म १,३२० घर पूर्ण वा आंशिक रूपमा ध्वस्त भएको जानकारीमा आएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का छ ।

‘उद्धार टोली हेरात प्रान्तमा आइपुगेको छ । र खाना, पानी, औषधि र कपडाहरू पनि घटनास्थलमा पठाइएको छ,’ मोजाहिदले थपे।

प्रारम्भिक भूकम्पको धक्का छिमेकी प्रान्त बद्घिस र फराहमा पनि महसुस गरिएको थियो र त्यसपछि धेरै पराकम्पन गएको थियो ।

संयुक्त राष्ट्रसङ्घको अघिल्लो मूल्याङ्कनले झन्डै १०० जनाको मृत्यु र ५०० घाइतेको सङ्ख्या कम भएको सङ्केत गरेको थियो। करिब ५०० घर ध्वस्त भएको र १ सय ३५ भवनमा क्षति पुगेको संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले यसअघि जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search