Epost Nepal

विश्व बजारको मागले गुल्मीमा कफी खेती विस्तारलाई टेवा

१४ असार, काठमाडौं — नेपालमा कफी खेतीको उद्गमस्थल मानिने गुल्मीमा पछिल्ला वर्षहरूमा व्यावसायिक कफी खेती तीव्र रूपमा विस्तार हुँदै गएको छ। सरकारी प्रोत्साहन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय बजारमा बढ्दो मागका कारण जिल्लामा कफी खेती गर्ने किसानको संख्या र खेतीको क्षेत्रफल दुवै बढ्दै गएका छन्।

हाल गुल्मीमा करिब २७० हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ, गुल्मीको सहयोगमा हालसम्म १५० हेक्टर क्षेत्रमा नयाँ कफी बगान विस्तार गरिएको छ। यसै वर्ष थप ४० हेक्टर क्षेत्रमा कफी खेती विस्तार हुने अनुमान गरिएको छ। जिल्लाभर करिब एक हजार ८०५ कृषक कफी खेतीमा संलग्न छन्।

व्यावसायिक कफी खेती विस्तार गर्ने कृषकमध्ये मुसिकोट नगरपालिका–५ आँपचौरका युवा कृषक श्रीधर पाण्डे पनि एक हुन्। उनले ‘आँपचौर कफी एण्ड एग्रो रिसर्च प्रालि’मार्फत विगत दुई वर्षदेखि व्यावसायिक रूपमा कफी खेती गर्दै आएका छन्। हालसम्म उनले करिब ५०० रोपनी क्षेत्रफलमा कफीका बिरुवा रोपिसकेका छन्।

पाण्डेका अनुसार यस वर्ष मात्रै ६० हजार कफीका बिरुवा उत्पादन गरिएको छ। आगामी वर्ष भने डेढ लाखभन्दा बढी बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए।

अन्तर्राष्ट्रिय बजारमा कफीको माग बढ्दै जानु र नेपाली अर्गानिक कफीले लोकप्रियता हासिल गर्नु आफ्नो लागि अवसर भएको भन्दै पाण्डेले आगामी वर्षहरूमा कम्तीमा पाँच हजार रोपनी क्षेत्रफलमा कफी खेती विस्तार गर्ने दीर्घकालीन योजना बनाएको बताए।

उनका अनुसार स्वाद, गुणस्तर र सुगन्धका कारण नेपाली अर्गानिक कफीले विश्व बजारमा छुट्टै पहिचान बनाउँदै गएको छ। गुणस्तरीय उत्पादनसँगै वैज्ञानिक व्यवस्थापन गर्न सके कफी खेती ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्ने उनको विश्वास छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधिसभामा पेस गरे

अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधिसभामा पेस गरे

१४ असार, काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्...
विश्व बजारको मागले गुल्मीमा कफी खेती विस्तारलाई टेवा

विश्व बजारको मागले गुल्मीमा कफी खेती विस्तारलाई टेवा

१४ असार, काठमाडौं — नेपालमा कफी खेतीको उद्गमस्थल मानिने गुल्मीमा पछिल्ला वर्षहरूमा व्यावसायिक कफी खेती तीव्र रूपमा विस्तार हुँदै ग...
समूह चरण सकिँदा मेसी शीर्ष गोलकर्ता, एमबाप्पे र हालान्ड पछ्याउँदै

समूह चरण सकिँदा मेसी शीर्ष गोलकर्ता, एमबाप्पे र हालान्ड पछ्याउँदै

१४ असार, काठमाडौं — फिफा विश्वकप २०२६ को समूह चरणमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसहित तीन खेलाडीले ह्याट्रिक गरेका छन्। अमेरिक...

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search