Epost Nepal

द्वन्द्व, हिंसा र अशान्तिले प्रकृति र मानिसहरूलाई हानि पुर्‍याउँछ: वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी

१५ कात्तिक, काठमाडौं – वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानिसको गलत अभ्यासले प्रकृतिलाई हानी पुर्‍याई द्वन्द्वसमेत निम्त्याउने भएकाले त्यसलाई रोक्नुपर्ने बताएका छन् ।

कोलम्बियाको काली सहरमा जारी जैविक विविधता महासन्धिसम्बन्धी १६औं अन्तर्राष्ट्रिय सम्मेलन (कोप–१६) मा सम्बोधन गर्ने क्रममा मन्त्री ठकुरीले उक्त भनाई राखेका हुन् ।

सो अवसरमा मन्त्री ठकुरीले समुदायमा आधारित प्रकृति संरक्षणमा नेपालले सफलता हासिल गरेको उल्लेख गर्दै सफलता साझा गर्न पाएकोमा खुसी समेत व्यक्त गरे ।

‘द्वन्द्व, हिंसा र अशान्तिले प्रकृति र मानिसहरूलाई हानि पुर्‍याउँछ । हामीले हाम्रा अभ्यासबाट उत्पन्न हुने द्वन्द्वलाई रोक्नुपर्छ,’ उनले भने, ‘त्यसैले समुदायमा आधारित संरक्षणमा नेपालको सफलता र सामाजिक–राजनीतिक शान्ति निर्माणमा यसको योगदान साझा गर्न पाउँदा म खुसी छु ।’

साथै प्रकृति र शान्ति सेसनलाई सम्बोधन गर्ने क्रममा उनले नेपाल गौतम बुद्धको जन्मभूमि रहेकाले उनको सन्देश अहिले पनि सान्दर्भिक रहेको बताए ।

‘बुद्धले भनेजस्तै प्रकृतिको सदुपयोग गर, जसरी मौरीले फूलबाट पराकण संकलन गर्छ, न त यसको सौन्दर्य प्रदूषित गर्छ, न सुगन्धमा कमी आउँछ । प्रकृति र शान्तिको यो सन्देश आज पनि सान्दर्भिक छ,’ मन्तव्यलाई जोड्ने क्रममा उनले भने, ‘यसले द्वन्द्वका आधारभूत कारण : स्रोतको अभाव र बहिष्कारलाई सम्बोधन गरेको छ । त्यसैले स्रोतको संरक्षण, उपयोग र व्यवस्थापनमा सामाजिक न्याय र समानताको प्रवर्द्धन गरेर नेपालमा शान्ति सम्भव भएको थियो ।’

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search