Epost Nepal

कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी गरेको तथ्य भेटिए कारबाही हुन्छ: गृहमन्त्री रमेश लेखक

१४ कात्तिक, काठमाडौं – गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी गरेको तथ्य भेटिए कारबाही हुने बताएका छन् ।

मुस्ताङको कोराला नाकामा बनाइएको अध्यागमन भवनको उद्घाटन गरेर फर्किएपछि पोखरामा पत्रकारसँग कुरा गर्दै लेखकले उक्त कुरा बताएका हुन् ।

´उपसभापति धनराज गुरुङको कुरा उठाउनु भयो । म के आग्रह गर्न चाहन्छु भने धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ, यदी प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने कारबाही हुन्छ,’ गृहमन्त्री लेखकले भने ।

तथ्य, प्रमाणका आधारमा सरकारले अनुसन्धान र कारबाही अघि बढाएको छ। सहकारी ठगी, अपचलन र हिनामिनामा संलग्न कसैलाई नछाड्ने उनले बताए ।

´कोही व्यक्तिको नाम लिनै पर्दैन। तथ्य प्रमाणले जे देखिन्छ, त्यही ढंगले अघि बढ्छ,’ उनले भने, ‘ज-जसले गल्ती गर्नुभएको छ उनीहरूमाथि कारबाही हुन्छ । गल्ती गर्नु भएको छैन भने हुँदैन ।’

सरकारले मुख हेरेर अनुसन्धान गर्ने नभई तथ्य र प्रमाण हेरेर अनुसन्धान तथा कारबाही गर्छ । जता जता तथ्य र प्रमाण जान्छ अनुसन्धान पनि त्यतै जाने उनको भनाई छ ।

रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर कारबाही गरेको हो भन्ने प्रश्नमा गृहमन्त्री लेखकले पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी संसदीय छानबिन समितिले सिफारिस गरेको आधारमा छानबिन गरिएको बताए । उनले चार जनालाई छानबिनका लागि समितिले सिफारिस गरेको भन्दै जीवी राईबाहेक अन्य तीन जना पक्राउ परिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Book of Adventure vs Katmandu Gold in Lightning Spins

Book of Adventure vs Katmandu Gold in Lightning Spins In this slot review, Book of Adventure and Katmandu Gold meet under Light...
एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search