२५ मंसिर, काठमाडौं — नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल रूपमा सिफारिस गरेको छ। डडेलधुरा कांग्रेसको बिहीबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य (प्रत्यक्ष) का उम्मेदवारका रूपमा देउवाको एकमात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो। त्यसैगरी, समानुपातिक तर्फ नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रियसभा तर्फ भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस गरिएको जिल्ला सचिव हेमराज चटौतले जानकारी दिए। सभापति देउवा डडेलधुराबाट आठौँ पटक प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्न तयारी अवस्थामा छन्। यसअघि उनले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा डडेलधुराबाटै लगातार विजय हासिल गरेका छन्।
२५ मंसिर, काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको जनाएको छ। भिजिट भिसा प्रकरणमा विशेष अदालतमा दायर गरिएको अभियोगपत्रमा तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन महानिर्देशक तिर्थराज भट्टराई, शान्ति–सुरक्षा महाशाखा प्रमुख छवि रिजाल लगायतसँग गैरकानुनी रकम लेनदेन भएको हुनसक्ने तथा बदनियतपूर्ण सेटिङमार्फत व्यक्तिलाई भिजिट भिसामा विदेश पठाएको आशंकामा अनुसन्धान भइरहेको उल्लेख गरिएको छ। आयोगका अनुसार गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख, विभिन्न शाखा प्रमुख, गृहमन्त्रीका निजी तथा स्वकीय सचिव, गृहसचिवको सचिवालयका कर्मचारी लगायत अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी छ। यससँगै, गृहमन्त्रीका निजी सचिव बद्रि तिवारी र स्वकीय सचिव जनक भट्टमाथि पनि छानबिन…
२४ मंसिर, काठमाडौं — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतको आदेशपछि पदभार ग्रहण गरेका छन्। बुधबार बिहान १० बजे उनी प्राधिकरणको कार्यालय पुगेर औपचारिक रूपमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका हुन्। यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेसँगै असोज ५ गते कुलमान घिसिङले शाक्यलाई पदबाट हटाई मनोज सिलवाललाई कार्यकारी निर्देशक नियुक्त गरेका थिए। आफू पाँच वर्षका लागि नियुक्त भइसकेको र गैरकानुनी रूपमा हटाइएकै दाबी गर्दै शाक्यले घिसिङको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सोमबार न्यायाधीश नहकुल सुवेदी तथा श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा काम गर्न परमादेश जारी गरेको थियो।
२४ मंसिर, काठमाडौं — नयाँ भन्सार ऐनका विभिन्न प्रावधानप्रति आपत्ति जनाउँदै देशभर पेनडाउन गर्दै आएका भन्सार एजेन्ट र भन्सार विभागबीच आज (बुधबार) पनि वार्ता हुने भएको छ। मंगलबार प्रारम्भिक छलफल भए पनि निष्कर्ष ननिस्केपछि वार्ता निरन्तर राखिएको हो। शनिबारदेखि लागू भएको नयाँ भन्सार ऐनमा दण्ड–जरिवाना अत्यधिक कडा हुनु, जाँचपाससम्बन्धी कागजात र प्रक्रिया व्यवहारिक नहुँदा एजेन्टहरूले मंगलबार बिहानदेखि सम्पूर्ण भन्सार कार्यालयमा काम ठप्प पारेका छन्। भन्सार एजेन्ट महासंघको आह्वानमा जाँचपास रोकिँदा आयात–निर्यात गतिविधि प्रभावित भएको छ। मंगलबार भएको छलफल टुंगोमा नपुगेकाले बुधबार पनि आयात–निर्यात ठप्प राखिएको एजेन्टहरूको भनाइ छ। विभागले विवादित प्रावधानका विषयमा उच्च तहमा छलफल आवश्यक रहेको बताएको छ। विभाग…
२३ मंसिर, काठमाडौं — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो सिजन फाइनलमा प्रवेश गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न क्वालिफायर–१ मा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ७७ रनले हराउँदै फाइनल यात्रा सुरक्षित गरेको हो। गत सिजन पनि सुदूरपश्चिमले क्वालिफायर–वानमा जनकपुर बोल्ट्सलाई हराएर फाइनल पुगेको थियो । पराजित विराटनगरले भने अब क्वालिफायर–२ खेल्नेछ । त्यसमा उसको प्रतिद्वन्द्वी इलिमिनेटरको विजेता हुनेछ । इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स बुधबार खेल्दैछन् । जितका लागि १ सय ५६ रनको लक्ष्य पाएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाएर अलआउट भयो । यससँगै सुदूरपश्चिमले लिग चरणमा विराटनगरसँग बेहोरेको एक मात्र हारको बदला पनि लिएको छ । विराटनगरका फाफ…
२३ मंसिर, काठमाडौं — मलेसियाले कागजातविहीन विदेशी श्रमिकविरुद्ध चलाउँदै आएको कारबाहीलाई तीव्र बनाउँदै सेलायाङ बारु क्षेत्रबाट ८४३ जनालाई पक्राउ गरेको छ। मलेसियन सञ्चारमाध्यमका अनुसार पक्राउ परेका मध्ये ८०८ पुरुष र ३५ महिला रहेका छन्। उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्म छ। सेलाङ्गोर राज्यका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दीन शारीले विदेशी श्रमिकको अनियमित प्रवेश, कागजातविहीन बसोबास र सडक छेउमा गैरकानुनी व्यापार बढेपछि अभियान सुरू गरिएको बताए। उनका अनुसार यसअघि पनि सेरी मुडा, सेलाङ्गोर होलसेल मार्केटसहितका क्षेत्रमा यस्तै कारबाही चलाइएको थियो। पक्राउ परेकामध्ये नेपाल, इन्डोनेसिया, बंगलादेश, भारत, म्यानमार र पाकिस्तानका नागरिक छन्। समितिले देशगत विवरण सार्वजनिक गरेको छैन। इमिग्रेसन विभागका…
२३ मंसिर, काठमाडौं — विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ। मंसिर २३ गते न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले थुनछेक बहसपछि धरौटी तोकेको हो। धरौटी रकम मागिए पनि अधिकारी थुनामै रहनेछन्। यसअघि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माण प्रकरणमा विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको थियो। सोही आदेश कायम रहेको हुँदा नयाँ मुद्दामा धरौटी तोकिए पनि अधिकारीलाई रिहा हुँनेछैनन् । मुद्दामा संलग्न क्यानका पूर्वनिर्देशक मुरारी भण्डारीसँग पनि अदालतले एक लाख रुपैयाँ धरौटी मागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा…
२३ मंसिर, काठमाडौं — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पाबाट सिफारिस गरिएको छ। रोल्पा एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा थापासहित पाँच जनाको नाम सिफारिस सूचीमा परेको महाधिवेशन प्रतिनिधि तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका स्वकिय सचिव अनुपम जिसीले जानकारी दिए। प्रत्यक्षतर्फका उम्मेदवार सिफारिसमा गगन थापा, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, युवा व्यवसायी डा. मन्दीप सुवेदी र युवा नेता ज्ञानबहादुर ओलीको नाम समावेश गरिएको हो।
२३ मंसिर, काठमाडौं — विश्वभर ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल छन्, जसमा आठ वटा नेपालमा पर्छन्। सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चो–यु, धौलागिरि, मनास्लु र अन्नपुर्ण नेपालस्थित ८ हजारमाथिका हिमाल हुन्। बाँकी ६ हिमाल पाकिस्तान र चीनको तिब्बत क्षेत्रमा अवस्थित छन्— पाकिस्तानमा केटु, नंगा पर्वत, ग्यासहर्ब्रम–१, ब्राड–पिक, ग्यासहर्ब्रम–२ र तिब्बततर्फ सिसापाङ्मा। तर पछिल्ला वर्ष नेपालले परम्परागत आठवटाको सूचि थप विस्तार गर्दै ८ हजार मिटरमाथिका ६ नयाँ चुचुरो पहिचान गरी आधिकारिक सूचीमा राखेको छ। करिब १० महिनाअघि पर्यटन विभागले यी नयाँ शिखरहरूलाई पिक–प्रोफाइलमा समावेश गर्दै सरकारी मान्यता दिएको हो। यी ६ नयाँ शिखरलाई अन्तर्राष्ट्रिय मान्यता भने अझै प्राप्त भएको छैन।…
२३ मंसिर, काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अन्तरिम सरकार केवल चुनाव व्यवस्थापन गर्ने सरकार मात्र नभएको स्पष्ट पारेकी छन्। भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसमा सम्बोधन गर्दै उनले यो सरकार सुशासनको मागसहित चलेको ‘जेनजी’ आन्दोलनको आधारमा बनेको बताइन्। उनका अनुसार सरकारले नियमित कामसँगै सुशासनका मुद्दामा छिटो गतिमा अघि बढिरहेको छ। उनले भने अनुसार ‘जेनजी’ आन्दोलनका माग र अपेक्षाअनुसार परिणाम देखिन केही समय लागे पनि सरकार भ्रष्टाचारविरुद्ध आवश्यक पर्ने जुनसुकै कडा कदम चाल्न पछि नहट्नेछ। यसका लागि राज्यका संयन्त्रहरू सक्रिय भइसकेका छन्। प्रधानमन्त्री कार्कीका भनाइमा, सरकारले उठाइरहेका कदमले प्रभावित भइरहेका केही समूहले प्रत्यक्ष वा परोक्ष रूपमा धम्की दिने प्रयाससमेत गरेका छन्। प्रधानमन्त्री…