Skip to main content

Epost Nepal

बुधबार रातिदेखि शनिबार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह

२६ असार, काठमाडौं – मौसम पूर्मानुमान महाशाखाले असार २६ गते बुधबार देखि आगामी असार २९ गते शनिबार सम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार यस अवधिमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण सिमाना आसपास) छ । आज बुधबार रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना छ ।

भोलि बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना छ । यी दुवै प्रणालीहरूको प्रभावका कारण नेपालमा मनसुन शनिबार बिहानसम्म सक्रिय हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले कोसी प्रदेशका १३ जिल्ला, मधेसका आठ जिल्ला, वाग्मतीका सात जिल्ला, गण्डकीमा नौ जिल्ला र  लुम्बिनीका ६ जिल्लालाई उच्च जोखिममा राखेको छ ।

महाशाखाले जारी गरेको मनसनु विशेष बुलेटिनमा बुधबार रातिदेखि शनिबार बिहानसम्म भू–क्षय, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *