Epost Nepal

यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको केपी शर्मा ओली भनाई

१६ असार, काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यथास्थितिमा देश अघि बढ्छ भनेर कसैले पनि जिद्दी गर्न नहुने बताए ।

अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता भएको उल्लेख गर्दै ओलीले कृषिको आधुनिकीकरण गर्ने र कृषिको आधुनिकीकरणले रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताए ।

गरिबीबाट माथि उठ्न मसिनो चामल नभई आफ्नै देशमा फलेको मोटो चामलको भएपनि उत्पादन बढाउनुपर्ने उनले बताए ।

‘यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा छैन । कसैले जिद्दी गर्नु हुँदैन । अहिलेको आवश्यकता उद्यमशिलता र व्यवसायिकता हो । उद्यमशिलता र व्यवसायिकताले कृषिको आधुनिकीकरण गर्दछ । कृषिको आधुनिकीकरणले रोजगारीका थुप्रै अवसर सिर्जना गर्दछन्, कृषि आधारित ससाना उद्योग र त्यो बिस्तारै गएर ठूला उद्योगमा परिणत हुनसक्छ । कृषि आधारित उद्योगले निर्यातमुलक उद्योगको रुप लिनसक्छ,’ ओलीले भने, ‘हामीले अहिले चिन्ता गर्नुपर्ने कुरा भनेको, मसिनो खाने बानी पर्‍यो, मसिनो खाने बानी परेकालाई खान दिउँ । तर मसिनो होइन हामीलाई मोटा चामल भएपनि खान पुग्नुपरेको छ । गरिबीबाट माथि उठ्न परेको छ । मसिनो चामल मोटो चामल जति फल्दैन । त्यसलाई त्यत्तिकै फल्नेमा पुर्‍याउनु पर्छ । हामीले यसलाई आधुनिकीकरणतर्फ लैजानुपर्छ, टेक्नोलोजीको प्रयोगतर्फ लैजानुपर्छ भनिरहेका छौँ, तर सरकारी तवरबाट यस सम्बन्धमा नीति निर्माण हुन सकेको छैन । ठोस नीति निर्माण हुनुपर्‍यो । ठोस नीति आउनुपर्छ, के गर्ने ?’

अध्यक्ष ओलीले पहाडमा उत्पादन हुने उत्पादनले जीविका चल्न छोडेपछि गाउँ अहिले उजाड बनेको बताए ।

उनले नेपालको अहिलेको सबैभन्दा ठूलो चुनौति निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यालाई खान लगाउन पाउने अवस्थामा पुर्‍याउनु चुनौति रहेको बताए ।

अध्यक्ष ओलीले आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सानातिना नियुक्तिहरूमा नअल्झिन, परिस्थितिलाई विचार गरेर अघि बढ्न आग्रह गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search