Epost Nepal

राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरूले अझैपनि न्याय पाएका छैनन् : कृष्णप्रसाद सिटौला

२२ जेठ, काठमाडौं – नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी काम अबिलम्व टुंग्याउनुपर्ने बताएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद सिटौलाले तत्कालिन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरूले अझैपनि न्याय नपाएका भन्दै उनीहरूलाई न्याय दिनका लागि अरु ढिलो गर्नु नहुने बताएका हुन् ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दल राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विवादको घेराबाट मुक्त हुन नसक्ने सिटौलाको भनाइ थियो । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसकेमा दलहरू बीचको विश्वास संकटग्रस्त बन्दै जाने पनि उनको भनाइ थियो ।

‘सशस्त्र द्वन्द्वको दुईवटा मुल पाटो, एउटा राज्य छ । जसको सुरक्षा निकायको हातमा बन्दुक छ । त्यसका लागि तयार छ । अर्को विद्रोही माओवादी छ, उसको लडाकुको हातमा पनि बन्दुक छ । भिन्डन्त भयो त्यहाँ । तर दुईवटा बन्दुकको बीचमा परेका जो मानिसहरू छन्, चाहे माओवादीका लडाकुले सुराकीको शंकामा पक्रेर लगेका मान्छेको घटना होस् चाहे सेनाले यसले माओवादीलाई सहयोग गर्‍यो हैं भनेर गाउँबाट पक्रेर लिएर गएको मान्छे होस्,’ सिटौलाले भने, ‘यी विषयमा हामीले समयमै न्याय दिन सकेनौँ भने । विस्तृत शान्ति सम्झौताको एउटा मूल राजनीतिक पक्ष संविधानसभाबाट संविधान निर्माण गर्ने, अर्को द्वन्द्वपीडितहरूलाई न्याय दिने नै हो । पहिलो पाटो त हामीले पुरा गर्‍यौँ संविधान जारी भयो । तर अर्को पाटो हामीले पूरा गर्न सकेनौँ भने, सरकारले यसलाई प्राथमिकतामा राख्नुभएन भने, समयमै पुरा गर्न सकेनौँ भने क्रोनिक हुँदै जाने भयो । सिंगो नेपालका राजनीतिक दलहरू विवादको घेराबाट मुक्त हुन नसक्ने भयौँ । राष्ट्रिय घेराबाट, अन्तर्राष्ट्रिय घेराबाट, यथार्थ हो । त्यसकारण सरकारको ध्यान आकृष्ट गराउन चाहान्छु, यो विषयलाई मुल प्राथमिकताको आधारमा सरकारले यसलाई टुंग्याउनका लागि प्रयास गरोस् ।’

शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने विषयमा प्रमुख प्रतिपक्षले साथ दिने सिटौलाको भनाइ थियो । ‘यसमा प्रतिपक्षमा रहेका जतिपनि हामीहरू छौँ, रचनात्मक सहयोग गर्न चाहन्छौँ । गहिराईमा पुगेर, फेरि पनि नबल्झिने गरी यसलाई टुंग्याउनुपर्छ । यसले मुल प्राथमिकता पाएन भने राजनीतिक दलहरू बीचको विश्वास संकटग्रस्त बन्दै जान्छ । जसको सरकार बनेपनि दलहरू बीचको विश्वास बन्दैन । अविलम्ब यसलाई टुंग्याउनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search