Epost Nepal

Day: २०८१ जेष्ठ २२, मंगलवार

जनता समाजवादी नेतृत्वको मधेस प्रदेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी

जनता समाजवादी नेतृत्वको मधेस प्रदेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी

२२ जेठ, काठमाडौं - जनता समाजवादी नेतृत्वको मधेस प्रदेश सरकारबाट नेकपा (एकीकृत समाजवादी) बाहिरिएको छ । मधेसमा एकीकृत समाजवादीका दुई जना मन्त्रीहरूले मंगलबार पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री सरोजकुमार यादवलाई एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा पत्र बुझाएका हुन् । मधेसमा जसपा नेपालको सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा (एमाले), माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरेका थिए। १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ। एमालेका सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन् । साथै नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/एक सांसद रहेका छन् ।
Read More
राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरूले अझैपनि न्याय पाएका छैनन् : कृष्णप्रसाद सिटौला

राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरूले अझैपनि न्याय पाएका छैनन् : कृष्णप्रसाद सिटौला

२२ जेठ, काठमाडौं - नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका बाँकी काम अबिलम्व टुंग्याउनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद सिटौलाले तत्कालिन राज्य पक्ष र विद्रोही पक्षको चेपुवामा परेका नागरिकहरूले अझैपनि न्याय नपाएका भन्दै उनीहरूलाई न्याय दिनका लागि अरु ढिलो गर्नु नहुने बताएका हुन् । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नसके राजनीतिक दल राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विवादको घेराबाट मुक्त हुन नसक्ने सिटौलाको भनाइ थियो । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसकेमा दलहरू बीचको विश्वास संकटग्रस्त बन्दै जाने पनि उनको भनाइ थियो । ‘सशस्त्र द्वन्द्वको दुईवटा मुल पाटो, एउटा राज्य छ । जसको सुरक्षा निकायको हातमा बन्दुक छ । त्यसका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search