Epost Nepal

लगानी सम्मेलनका लागि हालसम्म एक हजार १९ जनाले गरे निम्तो स्वीकार

११ बैशाख, काठमाडौं – यही वैशाख १६ र १७ गते काठमाडौंमा सरकारले गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारी लगभग अन्तिम चरणमा पुगेको छ ।

सम्मेलनका लागि लगानी बोर्डले हालसम्म विभिन्न देशका एक हजार ९०० भन्दा बढी लगानीकर्ता, कम्पनी एवं प्रतिनिधिहरूलाई निमन्त्रणा पठाएको छ भने मंगलबार बिहान सम्म ५३ देशका एक हजार १९ जनाले निम्तो स्वीकारेर जवाफ पठाएका छन् ।

लगानी सम्मेलनमा उपस्थित हुन सबैभन्दा धेरै विदेशी चीनबाट २६५ जनाले निम्तो स्वीकारेका छन् । दोस्रोमा भारतबाट १४३ जनाले निमन्त्रणा स्वीकार गर्दै बोर्डलाई जवाफ फर्काएका छन् ।

तेस्रोमा अमेरिकाबाट ३३ जनाले निमन्त्रणा स्वीकारेका छन् । जापानबाट २८, बेलायतबाट १४, बंगलादेशबाट १३, युनाइटेड अरब एमिरेट्स (यूएई)बाट पनि १३, जमर्नीबाट १०, दक्षिण कोरिया, अष्ट्रेलिया र मलेसियाबाट नौ/नौजनाले सम्मेलनमा उपस्थित हुने जानकारी दिएका छन् ।

यस्तै, पाकिस्तानबाट आठ, सिंगापुरबाट ६ र कतारबाट पाँचजनाले लगानी सम्मेलनमा सहभागी हुने जवाफ फर्काएका छन् । फ्रान्सबाट चार, रुसबाट तीन र क्यानडाबाट एकजनाले निम्तो स्वीकारेका छन् । लगानी सम्मेलनअघि निम्तो स्वीकार्नेको संख्या अझै बढ्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एनसेल विवादले देखायो नीतिगत कमजोरी

एनसेल विवादले देखायो नीतिगत कमजोरी

११ वैशाख, काठमाडौं — एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा गठित सरकारी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै त्यसका नि...
‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

‘राजनीति सेवा हो, व्यापार होइन’ भन्दै सिरहा–१ मा सन्तोष गिरीको स्वतन्त्र उम्मेदवारी

सिरहा (लहान) – सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सन्तोष सिल्वाल गिरीले औपचारिक रूपमा उम्मेदवारी दर्ता...
जाजरकोटको छेडागाडमा जिप दुर्घटना

जाजरकोटको छेडागाडमा जिप दुर्घटना

२५ पुस, काठमाडौं — जाजरकोटमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । जिल्लाको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सड...
युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

युवाहरूले नेतृत्व लिने समय आउँदैछ : सञ्चारमन्त्री खरेल

२५ पुस, काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि गठन हुने संसद् र सरकार दुवैमा युवाहरूको प्रभावका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search