Skip to main content

Epost Nepal

मतदान नगर्ने तथा बहिष्कार गर्ने जनप्रतिनिधिको भूमिकाप्रति प्रमुख निर्वाचन आयुक्तको आपत्ति

१४ माघ, काठमाण्डौं – प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने तथा बहिष्कार समेत गर्ने जनप्रतिनिधिको भूमिकाप्रति आपत्ति जनाएका छन्

आइतबार राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान नगर्ने जनप्रतिनिधिप्रति आपत्ति जनाएका हुन्

जनप्रतिनिधिहरुले निर्वाचनमा भाग नलिने मतदानको अधिकारको उपयोग नगर्ने कुरालाई सामान्यरुपमा लिन सकिदैन, यो कुरामा निर्वाचन आयोगको आपत्ति ,’ थपलियाको भनाइ थियो 

थपलियाले स्थानीय तह प्रदेशसभाका जनप्रतिनिधिहरु स्वयम् मतदाता रहेको निर्वाचनमा समेत मत बदर भएको भन्दै त्यसलाई समेत आयोगले गम्भीरतापूर्वक लिएको बताए 

प्रमुख निर्वाचन आयुक्त थपलियाले मौन अवधि चलिरहेका बेला दलहरुले आचारसंहिता विपरीत गतिविधि गरेकोप्रति समेत असन्तुष्टि जनाएका थिए 

Leave a Reply

Your email address will not be published. Required fields are marked *