Skip to main content

Epost Nepal

भरतपुरमा कारमा आगलागी, चालकको मृत्यु

२६ भदौ, काठमाडौं — भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ।

आगलागीमा शरीर जलेका कारण मृतकको पहिचान खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको कारमा आगलागी भएको थियो।

दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि कार पूर्ण रूपमा जलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *