Skip to main content

Epost Nepal

११औँ महाधिवेशनपछि एमाले सचिवालयको पहिलो बैठक

१३ पुस, काठमाडौं — नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू समेटिएको सचिवालयको यो पहिलो बैठक हो।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा भइरहेको बैठकमा समानुपातिकतर्फका उम्मेदवारको विषय प्रमुख एजेन्डाका रूपमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन्।

आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी दलहरूलाई निर्वाचन आयोगले भोलिसम्म समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन समयसीमा तोकेको छ।

यसका लागि एमालेले उम्मेदवारहरूको प्रारम्भिक सूची तयार गरिसकेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले तयार पारेको उक्त प्रारम्भिक सूचीमाथि सचिवालय बैठकमा छलफल भइरहेको नेताहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *