२१ मंसिर, काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा तत्कालीन पाँच मन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दामा विपक्षी बनाइएका मन्त्रीहरूमा डा. रामशरण महत, पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य छन्। मुद्दामा तत्कालीन १० सचिवसहित नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसमेत प्रतिवादी छन्। सरसापट करिब आठ अर्ब रूपैयाँ माग गरिएको मुद्दामा १२ वर्षअघि निधन भएका तत्कालीन मन्त्री पोस्टबहादुर बोगटीलाई समेत प्रतिवादी बनाइएको छ। बोगटीको २०७१ भदौ ३० गते हृदयघातका कारण मृत्यु भएको थियो। कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत पनि प्रतिवादी सूचीमा छन्। नेपालको अर्थनीति रूपान्तरणमा महत्वपूर्ण भूमिका…
२१ मंसिर, काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र भएका आगजनी घटनापछि क्षतिग्रस्त संरचनाको अवलोकन गर्न पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सोही अवसरमा प्रधानमन्त्री कार्कीसँग भेट गरेकी हुन्। भदौ २३ र २४ गते चलेको जेनजी आन्दोलनमा प्रदर्शनकारीले सिंहदरबार परिसरभित्रका विभिन्न मन्त्रालय, सवारीसाधन तथा अन्य संरचनामा आगो लगाएका थिए। हाल ती क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण कार्य जारी छ। सोही आन्दोलनका क्रममा भण्डारीको निजी निवासमा पनि आगजनी भएको थियो। आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच यसअघि भेट नभएकाले यो भेटवार्ता पहिलो भएको बताइएको छ।
२१ मंसिर, काठमाडौं — पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएका अनियमितता तथा भ्रष्टाचार प्रकरणमा पाँच पूर्वमन्त्रीसहित उच्च अधिकारीहरूविरुद्ध मुद्दा चलाउने तयारी भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोग दायर गर्ने अन्तिम प्रक्रिया अघि बढाएको हो। स्रोतका अनुसार सचिव मधु मरासिनी, सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मा र भेषराज शर्मा प्रतिवादीको सूचीमा छन्। यस्तै, सहसचिव रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री र सुरेश आचार्यसमेत मुद्दामा प्रतिवादी बनाउन लागिएको छ। सञ्चालक समिति सदस्य मनरुप शाही, नागरिक उड्डयन प्राधिकरणका सदस्य ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सदस्यसचिव मदन खरेल, मुक्तिनारायण पौडेल र सूर्यप्रसाद आचार्यसमेत विपक्षी बनाइनेछन्। पाँच पूर्वमन्त्री—भीम आचार्य, रामकुमार…
२१ मंसिर, काठमाडौं — भारतको गोवा राज्यको उत्तरी क्षेत्र अर्पोरा स्थित एक नाइटक्लबमा भएको भीषण आगलागीमा २३ जनाको ज्यान गएको छ। किचनमा काम गर्ने क्रममा सिलिन्डर विस्फोट भएपछि आगो फैलिएको भारतीय प्रहरीको भनाइ छ। समाचार एजेन्सी पीटीआई अनुसार, गोवाका डीजीपी आलोक कुमारले राति १२:०४ बजे सूचना पाएलगत्तै प्रहरी, दमकल र एम्बुलेन्स टोली घटनास्थलमा पुगेको बताए। उनका अनुसार सबै शव फेला पारिएको छ। आगलागी क्लबको भुइँतलामा रहेको किचन क्षेत्रबाट सुरु भएको थियो र त्यही क्रममा २३ जनाको मृत्यु भएको पुष्टि गरिएको हो। स्थानीय बासिन्दा र कर्मचारीका अनुसार, घटना हुँदा क्लबमा कर्मचारीसँगै केही ग्राहक पनि उपस्थित थिए। मृत्यु हुनेमध्ये चारजना पर्यटकसमेत रहेकाछन्।…
२१ मंसिर, काठमाडौं — नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मा ‘प्रभाकर’ गृहजिल्ला रुकुम पश्चिम पुगेसँगै विरोध प्रकट भएको छ। खलंगामा स्थानीय कार्यकर्ताहरूले शर्माविरुद्ध कालो झण्डा प्रदर्शन गरेका हुन्। सम्भावित तनाव रोक्न प्रहरीले सुरक्षा व्यवस्था थप कडा पारेको थियो। शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको विमानमार्फत रुकुम पश्चिम पुगेका थिए। विमानस्थलबाट बाहिर निस्कने क्रममा केही युवाहरूले कालो झण्डा उठाएर उनको विरोध गरेका हुन्।
२१ मंसिर, काठमाडौं – दार्चुलामा आज बिहान भूकम्प गएको छ। दार्चुलाको घुसा क्षेत्र केन्द्रविन्दु बनेर कम्पन महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको छ। यसका धक्का दार्चुला सहित आसपासका जिल्लाहरूमा पनि अनुभूत गरिएको थियो। हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।