Skip to main content

Epost Nepal

घुसा केन्द्रविन्दु, दार्चुलामा ४.६ म्याग्निच्युडको कम्पन

२१ मंसिर, काठमाडौं – दार्चुलामा आज बिहान भूकम्प गएको छ। दार्चुलाको घुसा क्षेत्र केन्द्रविन्दु बनेर कम्पन महसुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको छ।

यसका धक्का दार्चुला सहित आसपासका जिल्लाहरूमा पनि अनुभूत गरिएको थियो। हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *