२१ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएपछि अल्पमतमा परेका प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको भएपनि उनले भने संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने तयारी अघि बढाएका हुन् । प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिनका लागि संसद सचिवालयमा पत्राचारसमेत गरिसकेका छन् । उनले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिने जानकारी गराएका हुन् । प्रधानमन्त्री दाहाललाई नेकपा एमाले र कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त…
२१ असार, काठमाडौं - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । उक्त पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता अशोककुमार राईले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उक्त पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, बन तथा बातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसीना खानले पनि राजीनामा दिएका छन् ।
२१ असार, काठमाडौं - नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन सकिएको छ । महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य चयन गरेको हो । केन्द्रीय कमिटी २ सय ९९ र २१ पदाधिकारी चयन गर्नुपर्नेमा ३ पदाधिकारी ९३ केन्द्रीय सदस्यको मात्र टुंगो लागेको छ । बन्दसत्रमा पेस भएका ९३ जना केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । शुक्रबार काठमाडौंमा ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । टुंगो लागेका केन्द्रीय कमिटीका सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेलले शपथग्रहण गराए । २ सय ९९ सदस्यीय केन्द्रीय…
२१ असार, काठमाडौं - नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुसी भइहाल्ने अवस्था नरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिइसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताए । उनले भने, ‘मैले त आठ, नौ महिना पहिलादेखि नै एउटा कुरा भनिरहेको थिएँ । यसरी हरेक दिन स्थिर सरकार, डेढ वर्षमा चौँथो हुन थालिसक्यो अब त । नेपाली कांग्रेस र माओवादी मिलेर त हामी सबैले भोट हाल्यौँ होला । तर निर्वाचनपछि माओवादीले एमालेलाई लिएर सरकार बनायो । उहाँहरुको…