११ असार, काठमाडौं - कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा पार्टी १०० क्षेत्र प्रत्यक्षमा जित्ने गरी लाग्नुपर्ने बताएका छन् । उनले प्रतिनिधिसभाको निर्वाचन २०८४ मा कांग्रेस एक्लैले बहुमत ल्याउनुपर्ने र त्यसका लागि १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १०० क्षेत्र प्रत्यक्षमा जित्ने र समानुपातिकतर्फ ४० प्रतिशत मत ल्याउने लक्ष्य लिएर अगाडि बढ्नुपर्ने बताए । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै थापाले पार्टी अब सत्ता भन्दा पनि पार्टी निर्माणतिर लाग्नुपर्ने बताए । 'यो संसद्को बाँकी अवधि कांग्रेसले सत्तातिर हेर्नुहुँदैन, पार्टी निर्माणमा लाग्नुपर्छ, २०८४ को निर्वाचनमा २०४८ जस्तै ४० प्रतिशत मतसहित बहुमत ल्याउने गरी लागौँ, एक…
११ असार, काठमाडौं - कोशी प्रदेश सरकार गठनविरुद्ध कांग्रेसका केदार कार्कीले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले एमाले-माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारविरुद्ध केदार कार्कीले दायर गरेको रिट खारेजको फैसला गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अजीज मुसलमानको इजलासले केदार कार्कीले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो । कांग्रेसका केदार कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन परमादेश माग्दै दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै रिट खारेजीको फैसला भएको हो । पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङ, प्रदेश सभामुख अम्बरबहादुर विष्ट, एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मत कार्की,…
११ असार, काठमाडौं - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गलत प्रवृत्तिविरुद्ध नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू समाजलाई रुपान्तरण गर्न, समाजवादी दिशामा जान चाहेको बताएका हुन् । नयाँ-नयाँ विधाका योग्य र सक्षम युवाहरूलाई अगाडि बढाउन आवश्यक रहेको पनि उनले बताए । ‘हामी यो समाजलाई रूपान्तरण गर्न चाहन्छौँ, समाजवादी दिशामा जान चाहन्छौँ, त्यसका लागि समाजवादी संस्कृतिको विकास गर्न चाहन्छौँ, पुँजीवादी संस्कृतिका बिरुद्धमा समाजमा रहेका सबै विसंगति र विकृतिका विरुद्धमा व्यक्तिहरुमा रहेको व्यक्तिवाददेखि लिएर चरम महत्त्वाकांक्षादेखि लिएर अनेकौँ खालका त्यस्ता गलत प्रवृत्तिका विरुद्धमा हामी नयाँ सांस्कृतिक जागरण पैदा गर्न चाहन्छौँ।…