Epost Nepal

Day: २०८१ असार ९, आईतवार

जीबी राईको लोकेसन पत्ता लागिसक्यो भनेर गृहमन्त्रीले दिएको अभिव्यक्तिप्रति कांग्रेसको आशंका

जीबी राईको लोकेसन पत्ता लागिसक्यो भनेर गृहमन्त्रीले दिएको अभिव्यक्तिप्रति कांग्रेसको आशंका

९ असार, काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीको आरोप लागेका जीबी राईको लोकेसन पत्ता लागिसक्यो भनेर  दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्ष कांग्रेसले आशंका व्यक्त गरेको छ । जीबी राई मलेसियामा रहेको कुरा र त्यहाँ कुन ठाउँमा रहेको भन्ने कुरा पत्ता लागेको भनेर गृहमन्त्री लामिछानेले सार्वजनिक अभिव्यक्ति दिएका थिए । गृहमन्त्री लामिछानेलाई राईलाई भगाउनका लागि त्यस्तो अभिव्यक्ति दिएका त होइनन् ? भनेर प्रमुख प्रतिपक्ष कांग्रेसले आशंका जनाएको हो । कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको आइतबारको बैठकमा पार्टीको धारणा राखेका हुन् । 'लोकेसन पत्ता लागिसकेको भनेको जीबी राईलाई के भगाउनलाई हो ? माइकबाट फुकेर लोकेसन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्ने कि…
Read More
संसद् सचिवालयका कर्मचारीहरूको माग सम्बोधनका लागि समिति गठन

संसद् सचिवालयका कर्मचारीहरूको माग सम्बोधनका लागि समिति गठन

९ असार, काठमाडौं - संघीय संसद् सचिवालयका कर्मचारीहरूको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा समिति गठन भएको हो । संसद् भवनमा आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानुनमन्त्री गिरीले प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बसेको र बैठकले संघीय संसद्का कर्मचारीहरूको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन गरेको जानकारी दिए । ‘सम्माननीय प्रधानमन्त्रीज्युको कार्यकक्षमा सम्माननीय सभामुखज्यु, सम्माननीय राष्ट्रिय सभाको अध्यक्षज्यु, अर्थमन्त्रीसहित हामी बैठक बस्यौँ । संघीय संसद्का कर्मचारीहरूले जुन माग उठाएर सेवा सुविधानको विषयलाई लिएर आन्दोलन गर्नुभएको छ । उहाँहरूको मागलाई सम्बोधन गरेर…
Read More
संविधानले अवसर तथा लाभमा आदिवासी जनजातिलाई अग्राधिकार दिइएको छ: प्रधानमन्त्री पुष्पकमल दाहाल

संविधानले अवसर तथा लाभमा आदिवासी जनजातिलाई अग्राधिकार दिइएको छ: प्रधानमन्त्री पुष्पकमल दाहाल

९ असार, काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताएका छन् । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बैठकलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आदीवासी जनजातिहरूको परम्परालाई जीवन्त राख्दै उनीहरूको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन् । 'आदीवासी जनजाति पहिचानको महत्त्वपूर्ण आधार र परम्परागत रीतिरिवाज हो, पुर्ख्यौली जमिनलाई आस्थाको प्रतीक मान्दै आदीवासी जनजातिले प्राकृतिक स्रोतसाधनहरूको उपयोग मात्रै नभई आफ्नो मौलिक, परम्परागत ज्ञान र सिपको आधारमा प्रकृतिको संरक्षण, सम्वर्द्धन गरिरहेका छन्,' प्रधानमन्त्रीले भने, 'आदिवासी जनजातिको जनजीविकामा क्षति पुर्‍याउन हुन्न, उनीहरूको पुर्ख्यौली जमिन र प्राकृतिक स्रोतमा हुने हानी नोक्सानी, सामूहिक अधिकारको हनन् हुनबाट जोगाउनुपर्छ…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search