Epost Nepal

Day: २०८१ जेष्ठ २०, आईतवार

गृहमन्त्री लामिछानेविरुद्धको रिटलाई अग्राधिकार दिँदै सर्वोच्चले माग्यो कारण देखाउ आदेश

गृहमन्त्री लामिछानेविरुद्धको रिटलाई अग्राधिकार दिँदै सर्वोच्चले माग्यो कारण देखाउ आदेश

२० जेठ, काठमाडौं - सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार कारण देखाउ आदेश जारी गर्दै उक्त विषय चाँडो टुंगो लगाउनुपर्ने भएकाले अग्राधिकार दिँदै जेठ २८ गते अन्तरिम आदेश गर्ने/नगर्नेबारे छलफलका लागि बोलाएको छ । न्यायाधीश श्रेष्ठको इजलासले गृहमन्त्री लामिछाने उपर कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनाको विषयलाई लिएर कुनै उजुरी/जाहेरी परेको नदेखिएको भन्ने महान्यायाधिवक्ताको कार्यालयको पत्र र जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी बेहोराको थप परीक्षण गरी…
Read More
ट्राफिक नियम उल्लंघनमा  स्वयंसेवकका रूपमा सडकमा खटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

ट्राफिक नियम उल्लंघनमा स्वयंसेवकका रूपमा सडकमा खटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

२० जेठ, काठमाडौं - सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले ट्राफिक नियम उल्लंघनकर्तालाई जरिवानाका अतिरिक्त ट्राफिक स्वयंसेवी बनाउने मन्त्रिस्तरीय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । कृष्ण विकसहित रविन्द्र पौडेल,आकाश कुमार भट्ट,प्रमेश पौडेल,उज्जवल माली,इमामुल हक र राजु परियारले गृहमन्त्रीको उक्त निर्णय खारेजको माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा मानवअधिकारको उल्लंघन हुनुका साथै नागरिकहरूको सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक हक छिनिएको, सवारी तथा यातायात ऐनको दफा १६४ ले ट्राफिक नियम उल्लंघन गरेबापत जरिवानामात्र तिराउन सक्ने…
Read More
वित्तीय समानीकरण अनुदान कटौती सच्याउन स्थानीय तहका जनप्रतिनिधिको अल्टिमेटम

वित्तीय समानीकरण अनुदान कटौती सच्याउन स्थानीय तहका जनप्रतिनिधिको अल्टिमेटम

२० जेठ, काठमाडौं - स्थानीय तहका जनप्रतिनिधिले अनुदान कटौती सच्याउन ७ दिनको अल्टिमेटम दिएका छन् । चालु आर्थिक वर्ष २०८०/८१ को अन्तिम किस्तामा पाउनुपर्ने वित्तीय समानीकरण अनुदान २६ प्रतिशत कटौती भएको भन्दै उनीहरुले सच्याउन माग गरेका हुन् । अर्थ मन्त्रालयले भने राजस्व कम उठेको र स्रोतको दबाबका कारण वित्तीय समानीकरण अनुदान कटौती गरेको तर्क गरेको छ । तोकिएको अनुदान पाउनुपर्ने माग ७ दिनभित्र सम्बोधन नभए ७५३ स्थानीय तह बन्द गरेर सिंहदरबार आउने चेतावनी गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले दिएको छ । आइतबार यी दुवै संस्थाका प्रतिनिधिले अर्थ मन्त्रालय बाहिर धर्ना र प्रदर्शन गरेका छन् । डेढसय भन्दा बढी गाउँपालिका…
Read More
सदन  चटकेले सडकमा  जस्तो बोल्न पाउने ठाउँ होइन : गगन थापा

सदन  चटकेले सडकमा  जस्तो बोल्न पाउने ठाउँ होइन : गगन थापा

२० जेठ, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशको सूचना बेच्ने मान्छेहरू सदनमै रहेको भन्दै दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पु्ष्पकमल दाहालको जवाफ मागेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै थापाले मन्त्री लामिछानेको उक्त अभिव्यक्ति कि त संसद्बाट हटाउन नभए त्यसको जिम्मेवारी लिई जवाफ दिन भनेका छन् । गृहमन्त्री बोलेको विषय सदनको गरिमासँग जोडिएको भन्दै कांग्रेस महामन्त्री थापाले सभामुख घिमिरेको पनि ध्यानाकर्षण गराए । विषयवस्तुलाई सदनबाट बराल्ने कार्य यसपटकदेखि भएको भन्दै थापाले गृहमन्त्रीले लगाएका आरोप पुष्टि गर्न वा गृहमन्त्रीले बोलेको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । 'सूचना बेच्ने मान्छेहरू पनि सदनमा छन्…
Read More
युरोपेली च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडलाई

युरोपेली च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडलाई

२० जेठ, काठमाडौं - स्पेनिस क्लब रियल म्याड्रिडले दोस्रो हाफमा दुई गोल गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ। शनिबार राति इंग्ल्यान्डको लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनल भिडन्तमा जर्मन क्लब बोरूसिया डर्टमन्डलाई २-० गोलले पराजित गर्दै रियलले कीर्तिमानी १५औं च्याम्पियन्स लिग उपाधि जितेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिदा रियलले ७४औं मिनेटमा डानी कार्भाहलको गोलबाट अग्रता लियो। रियलका लागि अन्तिम खेल खेलेका टोनी क्रुसको कर्नर बलमा उनले हेडमार्फत गोल गरेका थिए। ८३ मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट फिनिसिङ गर्दा रियलले अग्रता दोब्बर पार्‍यो। डर्टमन्डका खेलाडीले गलत पास दिएको बलमा बेलिङघमले भिनिसियसलाई डिबक्समा सुन्दर पास मिलाएका थिए। डर्टमण्डका करिम अडेमीले पहिलो हाफमा दुईवटा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search