३१ बैशाख, काठमाडौं - उपेन्द्र यादवले सरकार छोडे लगत्तै जसपा नेपालबाट फुटेर बनेको जसपा सरकारमा प्रवेश गरेको छ । नवगठित जनता समाजवादी पार्टीका उपमहासचिव समेत रहेका सांसद प्रदीप यादवले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको सपथ लिएका छन् । मन्त्री यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराएका छन् । उनीसँगै राज्यमन्त्रीमा जसपाकी हसिना खानले राज्यमन्त्रीको शपथ लिएकी छन् । जसपा, नेपाल विभाजनपछि अशोक राई नेतृत्वमा बनेको जसपाबाटै अहिले नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री रहेका छन् । अब जसपाबाट मन्त्रिपरिषद्मा दुईमन्त्री र एक राज्यमन्त्री भएका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार नै राजीनामा दिएका थिए । त्यस्तै…
३१ बैशाख, काठमाडौं - एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा र प्रदेश सभा सबै त्रिसङ्कु भएको र सबैतिर गठबन्धन सरकार बनाउनु पर्ने अबस्था भएकाले सरकारको स्थिरतामा प्रश्न उठेको बताएका छन् । पार्टीको सोमबार बसेको पोलिटव्यूरो बैठकमा राजनीतिक प्रतिवदेन प्रस्तुत गर्दै अध्यक्ष माधवकुमार नेपालले सरकारको स्थिरतामा प्रश्न उठेको उल्लेख गरेका हुन् । ‘प्रतिनिधि सभा र प्रदेश सभा सबै त्रिसङ्कु भएको र सबैतिर गठबन्धन सरकार बनाउनु पर्ने अबस्था भएकाले सरकारको स्थिरतामा प्रश्न उठिरहने अवस्था छ’ बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘वर्तमान पाँच दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरूको वर्गाधार, वर्ग चरित्र र दृ ष्टिकोण फरक फरक भएता पनि संविधानको पूर्ण…
३१ बैशाख, काठमाडौं - उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सोमबार राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले प्रधानमन्त्रीलाई पत्र लेख्दै राजीनामा दिएका हुन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्य गर्न नसकिने बताएका छन् । केही दिनअघि यादव विदेश भ्रमणमै रहेका बेला जसपा, नेपाल विभाजित भएको थियो । विभाजनपछि बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसमेत सरकारमा रहेको छ । त्यस्तै एमाले र माओवादीले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि नैतिक रूपमा संकटमा परेका यादवले सोमबार राजीनामा दिएका हुन् । यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले समेत पदबाट…